पत्रकार बीफा चौधरीमाथि अज्ञात समूहद्वारा आक्रमण, ज्यानमार्ने धम्की


हमार पहुरा डट कम
धनगढी, जेठ १७ गते । रेडियो नमस्ते टीकापुरमा कार्यरत प्राविधिक पत्रकार बिफा चौधरीमाथि शुक्रबार राती तीन जनाको अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट पत्रकार चौधरीको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

रेडियोको समाचारप्रति आपत्ति जनाउँदै आफूमाथि आक्रमण गरेको बीफा चौधरीले बताउनुभयो । मास्क लगाएका अपरिचित अनुहार साँझ ९ बजे कोठामा प्रवेश गरेको उहाँले बताउनुभयो । घरमा एक्लै भएको बेलामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरेको भन्दै उहाँले बायाँ हातमा ब्लेडले चिरेर ठूलो घाउ बनाएको बताउनुभयो । हात र खुट्टा बाँधेर मुखमा टेप लगाइदिएकाले चिच्याउन नसकेको भन्दै उहाँले पछि मुस्किलले फोन सम्पर्क धनन्जय रिमाललाई गरेपछि केहीबेरमा प्रहरी आई आफूलाई बचाएको चौधरीले बताउनुभयो ।

ज्यान मार्छौ भन्दै धम्की दिएको चौधरीले बताउनुभयो । जानकीनगर गाउँपालिका ९ जगतपुरकी स्थायी बासिन्दा चौधरी डेढ वर्षदेखि रेडियो नमस्ते टीकापुरमा कार्यरत हुनुहुन्छ । घटनाबारे टीकापुर प्रहरीले अध्ययन गरिरहेको र दोसीको खोजी गरिरहेको स्थानीय पत्रकार मातृका तिमिल्सिनाले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिका वडा नं. –१ ब्लक नं –१६ मा डेरामा बस्दै आउनुभएकी २२ वर्षीया चौधरीले कोठाभित्र अज्ञात समूहले नियन्त्रणमा लिइ हत्या प्रयास गरेको प्रहरीलाई प्रारम्भिक वयानमा बताउनु भएको छ । कोठामा बत्ती वालेर शौचालय गएर फर्किदा कोठामा बत्ती निभाएको अवस्थामा कोठाभित्र पस्दा मुखमा कालो रङ्गको मास्क लगाएको तीन जनाको समूहको नियन्त्रणमा परेको उहाँले बताउनुभयो ।

दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिए, अर्काले झुण्डयाउन आफ्नो दोपट्टा बाँध्दै कर्ण कुँवरको रेडियोमा काम गर्ने जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नुपर्छ भन्दै मुख थुनेर मार्न खोजेका थिए’ पीडित चौधरीले बताउनुभयो ।

घटनाको खबर पाउने वित्तिकै करिब १० मिनेटभित्र पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाइएको अवस्थामा रक्ताम्मे फेला पारेको जनाएको छ ।

घटनाको खबर पाउने वित्तिकै करिब १० मिनेटभित्र पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाइएको अवस्थामा रक्ताम्मे फेला पारेको जनाएको छ ।

विफाले वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति धनञ्जय रिमाल फकिरलाई फोन मार्फत घटनाबारे जानकारी गराउनुभएको थियो । त्यसपछि रिमालले प्रहरीलाई खवर गरेपछि प्रहरी कोठामा पुगेको थियो ।

विफाको हात ब्लेडले चिरिएको, निधारमा चोट लागेको छ भने प्रहरीले उहाँको कोठाबाट उहाँको प्रयोग गर्दै आएको फोन, रगत लतपतिएको कपडा, दुई वटा ब्लेड बरामद गरेर अनुसन्धान शुरू गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टले घटनालाई विभिन्न कोणबाट सूक्ष्मरूपमा अनुसन्धान भइरहेको र दोषीको पहिचान गरी कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।

विफालाई वेहोश अवस्थामा प्रहरीले उद्दार गरेर टीकापुर अस्पताल पुर्‍याएको थियो । अस्पतालले शनिवार विहान पत्रकार चौधरीलाई उपचारपछि डिस्चार्ज गरेको छ । अहिले पीडित चौधरी आफ्नो घरमा सुरक्षित हुनुहुन्छ । घटनाको स्थानीय पत्रकार तथा रेडियो नमस्तेले भत्र्सना गरेको छ । हमार पहुरा डट कमसँगको कुराकानीमा पीडित चौधरीले आफूलाई मार्ने धम्की दिएको अज्ञात समूहले फेरि आक्रमण गर्नसक्ने भन्दै त्रसित भएर घटनाबारे जानकारी गराउनुभयो ।

थारु पत्रकार संंघ, नेपालले शनिबार विज्ञप्ती जारी गर्दै घटनाको कडा शब्दमा भत्र्सना गरेको छ । संघका महासचिव सन्तुकमार चौधरीले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, आक्रमणको घटनाले पत्रकारले स्वतन्त्ररुपमा लेख्ने, बोल्न पाउने प्रेस अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक उल्लंघन गरेको छ । दोसीको पहिचान गरी कानुनअनुसार कारवाही गर्न संघले स्थानीय प्रशासनसँग माग गरेको छ ।

यसैगरी नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले पनि घटनाको विरोध गरेको छ । फोनिज कैलालीका अध्यक्ष लखन चौधरीले शनिबार विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गर्नुभएको छ । जारी विज्ञप्तीमा भनिएको छ, पत्रकार चौधरीमाथि गरिएको आक्रमण सिंगो प्रेसमाथिको आक्रमण हो, दोसीको पहिचान गरी यथाशीघ्र कारवाही गरिनुपर्छ ।

तपाईको प्रतिक्रिया