हमार पहुरा डट कम
धनगढी, जेठ २५ गते । कैलाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित यज्ञराज यात्री अभिनन्दन ग्रन्थको धनगढीमा लोकर्पण गरिएको छ। धनगढीमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामचन्द्र भट्टले लोकार्पण गर्नुभयो।
सुदूरपश्चिम साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार यज्ञराज यात्रीको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन भएको हो। करिब चार दशकदेखि साहित्य लेखनमा सक्रिय यात्रीका ४२ कृति प्रकाशित छन्।
कैलाली जनपुस्तकालयका अध्यक्ष तथा अभिनन्दनग्रन्थका प्रधान सम्पादक डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न लोकार्पण समारोहमा साहित्यकारहरू पदमराज जोशी प्रभात, मनिराज जोशी, उमाकान्त जोशी, शिवराज ओझा, जनकराज पाण्डेय, एनके जोशी, टंक जोशी लगायतले कवि यात्रीको योगदानको चर्चा गर्नुभएको थियो ।
सामाजिक दुरी कायम राखी गरिएको कार्यक्रममा साहित्यकार, प्राध्यापक, समाजसेवीलगायतको उपस्थिति थियो। कार्यक्रममा कवि यात्रीलाई दोसल्लासहित अभिनन्दन समेत गरिएको थियो।