कोभिडले ल्याएको अवसर

विचार

लक्ष्मी शाह

पहिलोपटक ३१ डिसेम्बर २०१९ मा चाइनाको वुहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरसले आज विश्वलाई आतङ्कित र त्रसित बनाएको छ । रोग यति चाँडै फैलिएको छ कि, हालसम्म विश्वका अधिकांश देशमा महामारिको रुप लिइसकेको छ । महामारिको रुप लिएसँगै देशको भौतिक, सामाजिक, आर्थिक, टुरिजम, राजनैतिक, मानिसको मनोवैज्ञानिक, स्वाथ्य क्षेत्र लगायतका अन्य विकासका गतिविधिहरु समेतलाई धरापमा पारेको छ । देशलाई सबै क्षेत्रबाट घाटा र नोक्सानि बेहोर्नुपरेको छ । विकासकोस्तर खस्कदो छ । यतिमात्र नभइ आजका दिनसम्म भयानक धनजनको क्षतिसँगै राष्ट्रहरुले ठूलो आर्थिक संकट बेहोर्नु परिरहेको छ । महामारिले भयानक रुप लिदै गर्दा भविष्यमा ठूलो क्षति सँगसगै आर्थिक संकट, खाद्यान्न अभाव, भोकमरिजस्ता चुनौतिहरु बेहोर्नु नपर्ला भन्न सकिदैन । मुख्य गरेर त्यस्ता राष्ट्र जुन विकोसोन्मुख छन्, प्रायजसो जनताका दैनिक आधारभूत आवश्यक्ताका लागि समेत अन्य छिमेकी राष्ट्रमा निर्भर हुन्छन् त्यस्ता मुलुकका लागि कोरोनाले ल्याएको भौतिक र मनोवैज्ञानिक त्रास र धनजनको क्षति त छँदैछ, यसका साथै निकट भविष्यमा भयानक खाद्यान्न अभाव लगायतका आर्थिक संकट आउन सक्ने कुनै नौलो कुरा भएन ।

महामारी एक चुनौति मात्र नभई कृषि क्षेत्रमा अवसर पनि बन्न सक्छ ।

नेपालमा कोभिड १९ को असरसँगै सुरु भएको आर्थिक संकट, खाद्यान्न संकटले हामी सम्पूर्ण नेपालीको दिनचर्या अप्ठ्यारो र चुनौतिपूर्ण बनिरहेको छ । लामो समयदेखि चलिरहेको लकडाउनले कृषि, उद्योग, व्यापार र व्यवसायको क्षेत्रलाई निकै अप्ठ्यारो पारिरहेको छ । थुप्रै संकट र चुनौतिहरु खडा गरेको छ । राष्ट्र विकास र समृदिका दृष्टिकोणबाट निकै पछाडि धकेलिएको छ । यस्तो विषम परिस्थिति त छदै छ त्यसको अलावा सम्पूर्ण जनतालाई आत्मनिर्भरताको एक ठूलो पाठ सिकाएको छ । महामारी एक चुनौति मात्र नभई कृषि क्षेत्रमा अवसर पनि बन्न सक्छ । नेपाल एक कृषिप्रधान देश हो । जहाँ लगभग ६०.४% जनताहरु कृषि पेसामा निर्भर छन् । यहा पहिलेदेखि नै जैविक कृषि पद्धतिको प्रचुर सम्भावना छ । अझ हाम्रोजस्तो देश जहाँ अधिकांश स्रोतसाधन र दैनिक उपभोग्य कृषि सामाग्रीहरु अन्य छिमेकी मुलुकबाट आयात हुने गर्दछ । विश्व नै लकडाउनको स्थितिमा रहँदा त्यस्ता सामाग्रीहरु आयात हुनसकेको छैन । अन्य क्षेत्रको त कुरै छोडौ, देशको अर्थतन्त्रको मुख्य पूर्वाधार मानिने कृषि क्षेत्र जहाँ कृषि खेतिपातीका लागि अत्यावश्यक स्रोतसाधन, कच्चा पदार्थ मलखाद, उन्नत बिउबिजन, विषादि, कृषियन्त्र समेत उपलब्ध हुनसक्ने अवस्था छैन । यातायात बन्दले प्रयाप्त स्रोतसाधन समेत देशको एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन सकिएको छैन । हेर्दा यो स्थिति एकतर्फबाट समस्या भए तापनि जैविक कृषिका क्षेत्रमा एक अवसर पनि बन्न सक्छ । किसानलाई आत्मनिर्भरताको पाठ सिकाउन सक्छ ।

जैविक खेती जसले विशेषगरेर अनवरत रुपमा माटो, प्रकृतिक, वातावरण तथा मानव स्वास्थ्यको रक्षा गर्दछ । यसले स्थानिय वातावरणमै खारिएका प्राकृतिक पद्धति, जैिवक विविधता तथा श्रोत–सम्पदाको पय्रोगलाई वढावा दिन्छ र विभिन्न प्रकारका आयातित तथा हानिकारक सामग्रीको पय्रोगलाई निरुत्साहित गर्दछ । प्राङ्गारिक कृषि परम्परागत ज्ञान, पद्धति, स्थानिय श्रृजनात्मकता तथा अन्वेशण र विज्ञानलाई जोडेर वातावरणलाई लाभ पु¥याई सम्पूर्ण जीवित वस्तुको जीवनको गुणस्तर अभिबृद्धिको लागि स्वच्छ सम्वन्धको प्रवद्र्धन गर्दछ । यस्तो प्रविधिले यसैपनि कृषिमा थुप्रै सम्भावना बोकेको हाम्रो देशमा कोरोनाको यस फुर्सदको समयले कृषि क्षेत्रमा थप सम्भावना सिर्जना गर्नु हाम्रालागि एक सुनौलो अवसर सावित हुन नसक्ने हैन । उदाहरणका लागि हामी नेपालको एकमात्र जैविक खेतीको भेगका रुपमा चिनिने जिल्ला जुम्लालाई लिन सक्छौं । जहाँ आयातित कृषि कच्चा पदार्थ र स्रोतसाधन अभावका कारण नै पनि जैविक खेतिलाई अबलम्बन गरिएको पाउन सकिन्छ । यसरी महामारीले प्रभावित कृषि क्षेत्रलाई बिनाअवरोध नै निरन्तरता दिन सकेमा किसानको मात्रै समस्या हल नभई देशको अर्थतन्त्रमा समेत लाभपुग्ने देखिन्छ । देशले झेलिरहेको आर्थिक संकट र भोकमरीको समस्याबाट बच्न सकिन्छ ।

यतिमात्र नभई कृषिका लागि योग्य र प्रयाप्त कृषक तथा कृषि श्रमिकको अभाव कृषि क्षेत्रमा सधै खड्किरहेकाबेला, कोरोनाको कारण देशबाहिर रहेका सम्पूर्ण युवाहरु आफ्नै देश फर्किरहेको अवस्थामा उक्त युवाहरुलाई कृषि क्षेत्रमा संलग्न गराउन सके कृषि क्षेत्रको ठूलो चुनौती हटाउन सकिन्छ । बन्दले सम्पूर्ण व्यापार व्यवसाय थप्प रहेको र जीविकोपार्जनको अन्य अवसर नरहेकाबेला फुर्सदको समय र परम्परागत सीप, स्रोतसाधनको सजिलै प्रयोग गरी युवाहरुलाई जैविक कृषिका क्षेत्रमा आर्कषित गर्न सकिन्छ । यसले युवाहरुलाई यसबारे सचेत बनाउनुका साथसाथै जैविक खेतीको विकास र विस्तारमा समेत ठूलो योगदान पुर्याउँछ । जैविक खेतिकाबारेमा किसानलाई केही जानकारी नै नभएको अवस्थामा पनि बाहिरबाट कृषिका लागि स्रोतसाधन र कच्चा पदार्थ उपलब्ध नहुँदा आफ्नै स्थानिय बिउबिजन, कम्पोष्ट मल, जैविक विषादिको प्रयोग बढ्ने भएकाले अबका दिनमा धेरैजसो किसानमा उक्त प्रविधिबारे उत्सुकता र सचेतना बढी, प्रविधि रुचाइ जैविक प्रविधितर्फ थप कृषकको संलग्नता बढ्ने र प्रविधि विस्तार हुने सम्भावना निकै छ । आजको दिनमात्र नभइ लामो समयदेखि बढ्दो सहरीकरण, औधोगीकरण, र सँगसँगै जनसङख्या वृद्धि अनि त्यसैले निम्त्याएको चर्को खाद्य मागलाई पुरा गर्न आधुनिक खेतीले जरा गाड्दैआएको छ । यतिमात्र नभइ यस सँगसँगै आधुनिक खेती प्रणालीले मानव स्वास्थ्य, माटो, र वातावरणमा पार्ने नकारात्मक प्रभावलाई वेवास्ता गर्दै केवल उत्पादन वृदितर्फ मात्रै हामी दिन प्रतिदिन आर्कषित हुदैगइरहेका छौँ । यस्तो स्थितिसँगै भयावह माहामारीको स्थिति जहाँ स्वास्थ्य सुरक्षा मुख्य प्राथमिकतामा रहेकाबेला सम्पूर्ण जनमानसमा आफ्नो व्यक्तिगत स्वास्थ्यप्रति निकै चासो र चेतना भइसकेको छ । यस्तो परिस्थिपतमा ताजा, स्वस्थ, पोसिलो, रसायनमुक्त, जैविक खाद्य पदार्थको प्रयोग सँगसँगै माग निकै बढेको छ ।

हाम्रो देश नेपालमा चुनौतिको थुप्रो हुँदाहुदै पनि सबै एकजुट भई लागीपरे संकटको यो घडी पनि हाम्रालागि एक सुनौलो अवसरमा परिणत हुनसक्छ ।

तसर्थ यस स्थितिमा जैविक खेती प्रणालीको प्रचारप्रसारले मानिसमा अझै चेतना फैलाउन सके जैविक कृषि प्रणालीको थप निरन्तर विकास र विस्तारमा टेवा पुग्नेछ । लकडाउनको स्थितिले अहिले सम्पूर्ण कृषि विज्ञ, कृषितर्फका सक्षम विद्यार्थीहरु, किसानहरु सबै आआफ्नै घर क्षेत्रभित्र बस्न बाध्य छन् । यस्तो वातावरणमा सम्पूर्णले आआफ्नो क्षेत्रभित्र रहि आफ्नै समुदायमा किसानमा जैविक खेतीबारे विस्तृत जानकारी दिनुपर्छ । जस्तै, जैविक खेती के हो, कसरी सुरुवात गर्न सकिन्छ ? जैविक खेती किन जरुरी छ, मुख्य फाइदा र वेफइदा केके छन ?, केके चुनौतिहरु छन्, जैविक खेतीका अहिलेको अवस्थामा अवसरहरु के के छन ?, कुन पद्धति अपनाउनु पर्छ, जैविक खाद्य वस्तुहरुको बजार माग के कस्तो छ ? यी सवेै कुरा जुन किसानका लागि चासोका विषय हो । यी सबै कुराबारे प्रत्यक्ष रुपमा जानकारी गराउन सकिन्छ । यतिमात्र नभइ अहिलेकाृ अवस्थामा आफ्नो समुदायमा आफैबाट थालनी गर्न सकिन्छ । यसले समुदायका अन्य व्यक्तिहरुमा जैविक खेतीबारे चेतनास्तर वृद्धि गर्नुका साथसाथै किसानहरुलाई प्रत्यक्ष रुपमा हेरेर सिक्ने अवसर प्राप्त हुन्छ । यतिमात्र नभइ किसानको विचार, धारणा, मुख्य समस्या समेतको जानकारी पाउन सकिन्छ र समस्याबाट सजिलै समाधान पाउन सकिन्छ ।

भनिन्छ “जहाँ इच्छा त्यहाँ उपाय” यसरी कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको हाम्रो देश नेपालमा चुनौतिको थुप्रो हुँदाहुदै पनि सबै एकजुट भई लागीपरे संकटको यो घडी पनि हाम्रालागि एक सुनौलो अवसरमा परिणत हुनसक्छ । आधुनिक खेती जैविक खेतीमा सजिलै रुपान्तरण हुनसक्छ । कृषि क्षेत्रमा जैविक क्रान्तिले नयाँ फड्को मार्न सक्छ ।

(लेखक कृषि र जीव विज्ञानको विद्यार्थी हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया