अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री र स्वयम्सेविका महिलालाई दराज


रामअवतार चौधरी
चन्द्रौटा (कपिलवस्तु), असार १६ गते । कपिलवस्तुको शिवराज नगरपालिका २ मा अवस्थित सामुदायिक विद्यालयमा रहेका अपाङ्गता भएका १९ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । कापी, पेन्सिल, कलम र झोला गरी ५० हजार रुपियाँ बराबरको सामग्री मंगलबार वितरण गरिएको हो ।

आफ्नै वडामा रहेका बाल शिक्षा मा.वि., जनता आधारभुत विद्यालय र बुद्ध आधारभुत विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्माका गरी अपांगता भएका १९ विद्यार्थीलाई बर्षभरि पुग्नेगरि स्टेशनरी प्रदान गरिएको वडा अध्यक्ष रामबहादुर चौधरीले बताउनुभयो ।

राज्यस्तरको सेवा सुबिधाबाट बन्चित भएका अपाङ्गता भएका विद्यार्थीमा हौसला प्रदान होस् र विद्यार्थीको पढाइप्रति लगाव बढोस् भनी सम्बन्धित विद्यालयको प्रतिनिधि र अपाङ्गता भएका विद्यार्थीको अभिभावकको रोहबरमा स्टेशनरी सामाग्री वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यस्तै बुद्ध आधारभुत विद्यालयका प्रधानाध्यापक पुर्षोत्तम भट्टराईले कार्यक्रममा शिवराज नगरपालिकामै वडा नम्बर २ ले सह्रानिय काम गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी वडा नम्बर २ मा कार्यरत ६ महिला स्वयंसेवीकालाई एक एक थान दराज समेत वितरण गरिएको छ । बर्षौँदेखि विना पारिश्रमिक रातदिन नभनि सुत्केरी लगायत बिकराल अवस्थामा फिल्डममा खटेर काम गर्नुपर्ने र कागजात, औषधी लगायत अन्य सामग्री घर लगेर सुरक्षित राख्न कठिनाइ भएको भन्दै ५० हजार रुपियाँ बराबरको दराज खरिद गरी प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

त्यस्तै महिला स्वयंसेवीका पार्वती सापकोटाले वडामै पहिलो पटक नौलो कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । आफूहरू निकै उत्साहकासाथ काम गर्ने र अगामी दिनमा वडाले यस्तै नौलो योजना ल्याओस् भनी शुभकामना र धन्यवाद समेत व्यक्त गर्नुभयो ।

स्वयंसेवीकालाई काम गर्न हौसला प्रदान हुने र कागजपत्रका साथसाथै औषधी लगायतका सामान सुरक्षित राख्न सहज हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया