बाह्र हातको सारी संस्कृति
लगाएर भारी संस्कृति
सिन्दुर पोते अनि लाली संस्कृति
सुन्दर देखियो भनेर रिझाउने कला संस्कृति
पितृसत्ताभित्र डुवाउने जाली संस्कृति ।
डुबेको थाहाँ नपाउने
हाम्री छोरी लगाएको गहना संस्कृति
म्ौलें लगाएको सिन्दुर संस्कृति
आमा, हजुरआमाले लाउने पर्ने चुरा संस्कृति
रातो, हरियो, पहेलो, कालो संस्कृति
तरकारी मिठो नपाक्दा लाती संस्कृति
पापी पतिलाई पनि क्षमा संस्कृति
पति परमेश्वर संस्कृति
पितृसत्ता बचाउने राती संस्कृति
छोरी जन्मदा दुःखी संस्कृति
छोरा जन्मदा खुसी संस्कृति
मेरो समाजको अनमोल संस्कृति ।
छोरालाई थालमा खाना सजाएर
दिएझै दिने धन संस्कृति
छोरी विदाइ गरेर दिने कन्यादान संस्कृति
छोरा अंग्रेजी, छोरी सरकारी माध्यम
घरधन्दा गरेर पढ्ने नारीशिक्षा संस्कृति ।
पितृसत्ता जन्माउने,
पितृसत्ताका भरण पोषण गर्ने,
यो सत्ता बचाउन मद्दत गर्ने,
आफ्नो खुट्टामा आफै बन्चरो हान्ने
आफै पीडित हुने नारी संस्कृति ।
छोरा छोरीमा फरक संस्कृति
पति रक्सी खाएर आउँदा हजुर संस्कृति
छोरीहरु बलत्कृत हुने संस्कृति ।
दाइजो नदिदा विहे नहुने
भएपनि जल्नु पर्ने संस्कृति
बाबा, म तपाईकै अंश अनि तपाई वंश
तैपनि किन ?
छोरी थाहा पाउदा गर्भपतन संस्कृति ।
यो आशु संस्कृति
घरका सबै काम संस्कृति
उफ,
कति म मानु, कति म जानु
यो भारी संस्कृति
म कहिले सम्म चुप
मेरो दायित्व बढेको छ
म जस्तै मेरा छोरीहरु जल्नु हुन्न
नारी संस्कृति भित्र जल्नु हुन्न
छोरीहरु खुल्ला आकाशमा
चराहरुझै तर होसमा सास लिन पाउनु पर्छ
आफना क्षमता र योग्यता देखाउन पाउनु पर्छ ।
यो गर्नु हुन्न, त्यो गर्नु हुन्न, बन्देज मात्र हैन,
स्वतन्त्रताका अधिकार र कर्तव्य
छोराछोरी दुवैलाई बोध गराउनु पर्छ ।
नारीहरु सहारा लिने मात्र हैन,
दिने पनि बन्नु पर्छ ।
आलोचना र समालोचना भित्र आफ्रनै रंगमा फुल्नु पर्छ
अलि–अलि हात, पाइला र आवाज बढाउ
समतामुलक समाज बन्न सक्छ
नारी संस्कृति बदलिन सक्छ ।
(राजविराज, हाल काठमाडौं)