कपिलबस्तुको राजपानीमा बन्दैछ भव्य थारु संस्कृति झल्काउने संग्रहालय


कमल चौधरी
कपिलवस्तु, असार २३ गते । कपिलबस्तुको पर्यटकीयस्थल राजापानीमा अत्याधुनीक प्राविधिबाट थारु संग्राहलय बन्दैछ । बाणगंगा नगरपालिका ३ को राजपानीमा थारु समुदायको कला, संस्कृति झल्कने संग्रहालय निर्माण हुन लागेको हो ।

बाणगंगा नगरपालिकाले पाँच लाख रुपियाँको लगानीमा संग्रहालय निर्माणका लागि डिपिआर बनाउने कार्य सुरु गरेको थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले बताउनुभयो । जिल्ला अध्यक्ष चौधरीले पछिल्लो समय थारु समुदायको भेषभुषा, भुषा, धर्म संस्कृति लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षणमा संग्रहालयले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै बाणगंगा नगरपालिका प्रमुख मंगलप्रसाद थारुले थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको बताउनुभयो ।

संग्रहालयमा थारू कला संस्कृति झल्किने भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्री राखिनेछन् ।

संग्रहालयमा थारू कला संस्कृति झल्किने भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्री राखिनेछन् । संग्राहलय निर्माणका लागि डिपिआर बनाउन परामर्शदाता कम्पनी छनोट भइसकेको छ । पाठ फाइन्डर्स सर्भिस प्रालिले डिपिआर बनाउन सुरु गरेको नगरपालिका प्रमुख चौधरीले बताउनुभयो ।

त्यस्तै थारु समुदायको उच्च बाहुल्य बाणगंगा नगरपालिकामा सुविधा सम्पन्न थारु संग्राहलय निर्माण हुनु धेरै राम्रो कामभएको राजपानी समुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीले बताउनुभयो ।

करिब १ विघा ८ कठ्ठा क्षेत्रफलमा निर्माण हुने संग्रहलयबाट स्थानिय समुदायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना हुने थारु अगुवा महदेव थारुको बुझाई छ ।

राजापानीमा डिपिआर बनाउन सुरु गरको संग्रहालयमा थारू कला संस्कृति झल्किने चित्र, मूर्ति, नक्सा, थारु भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्री, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्कने चित्रले संग्राहलयका भित्तामा सजाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया