नाकाबन्दीको विषयमा संसदमा छलफल हुन्छः सभामुख


SAM_2139

काठमाडौ, पुस १२ गते । सभामुख ओनसरी घर्तीले भारतको अघोषित नाकाबन्दीले नेपालमा परेको असर र समस्याबारेमा ब्यवस्थापिका संसदमा छलफल हुने बताएउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको आइतबार संसद भवनमा ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले त्यस्तो बताउनु भयो । ‘सरकारले नाकाबन्दीको विषयमा संसदमा छलफल गर्ने कोशिस गरेको हो । तर विभिन्न दलको अवरोधका कारण नभएको हो । अनुकुल समयमा यस विषयमा छलफल हुन्छ’ सभामुखले भन्नुभयो ।

सभामुख घर्तिले अहिलेको मुलुकको प्राथमिकता निकास भएकोले नेपाली जनताको माग संबोधन गर्नु प्रमुख कुरा भएको भन्दै मुलुकको आन्तरिक समस्या समाधान भएपछि अरु विषय पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उनले विगतमा संसद र संविधानसभा अवरोधका वीच चलाएको अभ्यास पनि अलिखित नियम भएको भन्नुहुँदै त्यही नियमअनुसार छलफल र संविधान संसोधन प्रक्रिया सँगसँगै अघि बढ्ने जानकारी दिनुभयो ।

सभामुख घर्तिले संविधान संसोधनको विषयमा ३० भित्र जनतालाई जानकारी दिनुपर्ने भएकाले सोमबारको बैठकमा संशोधन विधेयकमाथिको छलफल शुरुहुने बताउनुभयो । आइतबारको बैठकमा गणपुरक संख्या नपुगेरै रोकिएको हो, सोमबारबाट विद्येयकमाथिको सैद्धान्तिक छलफल सुरु हुन्छ’ उहाँले भन्नुभयो ।

संविधान संसोधन र कार्यान्वयनका लागि बनाइने ऐनमा दलहरु एकजुट हुनुपर्ने सुझाव दिंदै सभामुख घर्तीले त्यसका लागि आफू प्रयासरत रहेको बताउनुभयो । राज्यमन्त्रीहरुको सपथ नखुवाई सदनलाई जानकारी दिएको विषयमा उहाँले आफूहरुले मन्त्रीपरिषदबाट आएको पत्रको विषयमा जानकारी मात्रै गराएको बताउनुभयो ।

क्लबका अध्यक्ष धमलाले संविधान संसोधन विद्येयक अगाडि बढ्दा सबैको अपनत्व रहने गरी सहमतिकासाथ जानु उपयूक्त हुने सुझाव दिदै मधेसको मुद्दा संबोधन गर्न सबैपक्षलाई एक ठाँउमा ल्याउन सभामुखले भूमिका खेल्नु पर्ने क्लवका अध्यक्ष ऋषि धमलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया