त, थ, द, ध, ष, क्ष, ञ, ण, श, त्र, ज्ञ अक्षरले बन्ने शब्दसँग कसैको दुश्मनी किन ?

सुझाव/विचार

महेश चौधरी


गोरखापत्र वहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ अन्तर्गत प्रकाशित भइरहेको थारु भाषा पृष्ठमा नेपाली शब्दकोष, व्याकरण तथा भाषा वैज्ञानिकताको खिलापमा छ । गोरखापत्रले नियमित प्रकाशन गरिरहेकै छ । गोरखापत्र सरकारी मुखपत्र हो । भाषा विगार्ने छुट गोरखापत्रलाई छैन । नेपाली भाषालाई झन समृद्ध गर्ने दायित्व हो । मलाई लाग्छ विभिन्न ३८ भाषाभाषिमा पृष्ठ प्रकाशन गर्नुको उद्देश्य पनि भाषा विकासका लागि नै होला । तर थारु भाषा पृष्ठ त्यसको विद्धरुमा आइरहेको छ । तर पनि गोरखापत्रले ध्यान दिन नसकेको देखिन्छ । भाषा शुद्धिकरणमा गोरखापत्रको ध्यान जावस् भनेर मैले साउन १० गते पत्रिकामा लेख प्रकाशन गराएको थिएँ । तर सोपछि आएको थारु पृष्ठमा पनि सुधार शुन्य प्रतिशत देखियो । गोरखापत्रले यसमा ध्यान देओस् भन्ने सुझाव छ ।

सर्वहारीको प्रस्ताव छ, ‘नाउ“, ठाउ“ र थर जस्तो लेख्छौ त्यस्तै लेख्ने । अर्थात् देवनागरी व्यञ्जन वर्ण सवै प्रयोग गर्ने, अरुमा नगर्ने । भनाईको तात्पर्य कृष्ण ‘सर्वहारी’ चौधरी ‘थारू’ लेख्दा ष, थ र ध प्रयोग गर्ने अरुमा नगर्ने । दंगौरा थारू भाषामा लामो उच्चारण (दीर्घ) प्रयोग नै नगर्ने । सर्वहारी (सर्व +आहारी), चौधरी र थारू के हो ‘ह््रस्व’ हो कि दीर्घ ?

कृष्ण ‘सर्वहारी’ चौधरी ‘थारू’ लेख्दा ष, थ र ध प्रयोग गर्ने अरुमा नगर्ने । दंगौरा थारू भाषामा लामो उच्चारण (दीर्घ) प्रयोग नै नगर्ने । सर्वहारी (सर्व +आहारी), चौधरी र थारू के हो ‘ह््रस्व’ हो कि दीर्घ ?

२०६८ सालमा साझा प्रकाशन, ललितपुरले महेश चौधरी र कृष्ण सर्वहारीद्वारा संयुक्त रुपमा लिखित ‘थारू भाषा सिखी’ पुस्तक सर्वहारीले लेखेको होकि होइन ? हो भने किन त्यसको विरुद्धमा आज गोरखापत्र पृष्ठमा सामग्री प्रकाशन भइरहेको छ ? गोरखापत्र राष्ट्रिय दैनिक नेपाल सरकारको मुखपत्र हो । त्यो मुखपत्रमा राष्ट्रिय महत्वको विषय उठाउने हो, नकि सर्वहारीले थारु पृष्ठमा लकडाउनका समयमा कीर्तिपुर चौरमा ‘म खेल्न गएँ, सिनेमा हेरे, छोरीलाई टाईप गर्न दिएँ, स्वास्नीसँग जीस्के’ आदि घटिया स्तरको लेख छाप्ने ठाउँ हो ?

प्रसिद्ध भाषाविद डा. योगेन्द्र यादवले २००३ सालको …Population monograph of Nepal, Vol. 1, His Majesty’s Government National Planning Commission Secretariat, Central Bureau of Statistics, UNFPA. को पृष्ठ १४५ मा इण्डोआर्यन भाषा अन्तर्गत सिन्धी, पंजावी, दर्दिक, मालद्विप, सिंहालिस, हिन्दि, उर्दु, नेपाली, मैथिली, भोजपुरी, अवधी, हरियानी, मारवाडी, गुजराती, थारू, राजवंशी, सदनी, कुर्मली, उरीया, आसामी, बंगला, मगही, माझी, र बज्जीका सवै भाषालाई एउटै परिवारमा राखेका छन् । थारू भाषा भारोपेली परिवार अन्तर्गत परेपछि किन सबै थारु भाषी शब्द ह्रष्व ? दीर्घ किन नलेख्ने ? सर्वहारीले यसको जवाफ दिनुपर्छ ।

आदिवासी जनजातीमा धेरैजसो तिब्बती–बर्मेली भाषीहरुको बाहुल्यता छ । या त भन्नु प¥यो ‘थारू भाषा पनि त्यही तिब्बती–बर्मेली भाषा परिवारको हो । लिपी पनि तिब्बती हो ।’ आदिवासी जनजातीले हाम्रो थारू वर्णको पहिचान गर्ने होइन भनेर । नेपाल प्रज्ञा प्रष्ठिानले प्रकाशन गरेको थारू लगायत १४ भाषाहरुको नेपालको पर्यायबाची शद्वकोशलाई सर्वहारीले मान्ने कि नमान्ने ? के त्यसलाई सर्वहारीले करेक्शन गर्न सक्छन् ?

डा. गणेश खरालले हिन्दू विश्वविद्यालयबाट ‘चितौनीया र दाङ्गको थारू भाषामा नेपाली भाषाको प्रभाव’ बारे प्राप्त विद्यावारीधीलाई खारेज गर्नसक्ने हिम्मत हुन्छ, सर्वहारीको ? थारू भाषामा ‘गोचाली’, ‘थारू संस्कृति’, थारू भाषक् लिरौसी व्याकरण, डोरोथोलील, गोपाल दहित र अशोक थारूको शब्दकोश लगायत धेरै ग्रन्थहरू प्रकाशन भइसकेका छन् । ती ग्रन्थहरू सबै नेपाली व्याकरण र शब्दकोषको आधारमा लेखिएका छन् । के त्यसलाई सर्वहारीले खारेज गर्न सक्छन् ?

तराई र भित्री मधेमा पहाड र भारतबाट भएको बसाई सराईले गर्दा यस क्षेत्रमा जाती, भाषा संस्कृति आदिमा भैरहेको अन्तरघुलनशील अवस्थालाई कसैले पनि नकार्न सक्तैन । राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ । ‘त’ वर्ग (व्यञ्जन वर्ण) प्रयोग गर्दैमा आदिवासी जनजातीको नामै मेटिने पनि होइन । त, थ, द, ध, ष, क्ष, ञ, ण, श, त्र, ज्ञ अक्षरबाट बन्ने शब्दसँग सर्वहारीको दुश्मनी किन ? शब्द भण्डार जतिसके बढाएको राम्रो हो, घटाउने तरिका वैज्ञानिक हुनैसक्दैन । यी वर्णबाट हजारौं शब्द निर्माण भएका छन् । त्यसलाई मार्ने अधिकार कसैलाई    छैन ।

(लेखक थारु भाषा साहित्य तथा संस्कृतिका विज्ञ हुनुहुन्छ ।)

साभारः गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया