संविधान संशोधनमा तीन दलले साझा धारणा बनाएर अघि बढ्ने


3-dal

काठमाडौं, पुस १३ गते । संविधानसभामा प्रस्तुत संशोधन विधेयक प्रस्तावलाई वार्ता र छलफलको माध्यमबाट साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय प्रमुख तीन दलका नेताहरुले गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले त्यस्तो निर्णय गर्नुभएको हो । प्रमुख तीन दलको साझा धारणा बनेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल र संवाद गरेर संशोधन विधेयकमा साझा धारणा बनाउने प्रयास गरिने पनि नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको पहलमा बसेको बैठकमा नेकपा (एमाले) बाट प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह तथा नेताहरु डा. रामशरण महत र डा. मिनेन्द्र रिजालको सहभागिता   थियो ।

त्यस्तै, एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागीता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । तीन दलका नेताले चाँडै मोर्चा सम्बद्ध दलका नेतासँग छलफल गर्ने बताएको सल्लाहकार दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया