पत्रकार पौडेल सञ्चार प्रेस सल्लाहकारमा नियुक्त


Matraika1

काठमाडौं, पुस १४ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार मात्रिका पौडेल नियुक्त हुनुभएको छ ।

गत शुक्रबार पुस १० गतेको मन्त्रिपरिषदको बैठकले पत्रकार पौडेललाई मन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री राईका स्वकीय सचिव पारुहाङ राईले जानकारी दिनुभयो । पत्रकार पौडेल यसअघिको खिलराज रेग्मी नेतृत्वको सरकारमा तत्कालिन सञ्चारमन्त्री माधव पौडेलको प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सञ्चार मन्त्रालयका सहसचिव कविराज खनालका अनुसार क्याविनेटबाट निर्णय भएको सुनिए पनि मन्त्रालयमा आधिकारीक चिठी आइनसकेको जानकारी दिनुभयो । “प्रस्तावितरुपमा पौडेललाई सल्लाहकारकोरुपमा जानकारी छ तर चिठी आइपुगेको छैन” खनालले भन्नुभयो ।

रामेछापको दुरागाउँमा २०३५ सालमा जन्मिनुभएका पत्रकार पौडेल अनलाईन खबरको उपसम्पादकको जिम्मेवारीमा रहेर काम गरिरहनुभएको छ । दशकभन्दा वढी समय पत्रकारितामा अनुभव प्राप्त गर्नुभएका पौडेल यसअघि टेलिभिजन, छापामाध्यममा पनि लामो समय पत्रकारिता गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया