लकडाउनले मानिसमा आर्थिक तथा मनोवैज्ञानिक त्रास : थारु अगुवाहरु


कमल चौधरी
बुटवल, असोज २५ गते । थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीले एक कार्यक्रमकाबीच शनिबार बुटवलमा लकडाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा विजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघ नेपाल शाखा रुपन्देहीका अध्यक्ष राज चौधरीको अध्यक्षता तथा थारु कल्याणकरिणी सभा (थाकस) रुपन्देहीका अध्यक्ष शतिसकुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाकस अध्यक्ष चौधरीले लकडाउनले नेपाली समाजमा सामाजिक तथा आर्थिक रुपमा असर परेको बताउँदै दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बर्गलाई ठूलो समस्या झेल्नु परेको बताउनुभयो ।

विशेषगरी उत्पीडित आदिवासी, थारु समुदायमा दैनिक रोजिरोटीको जोहो गर्ने श्रमिकहरुले लकडाउनले ठुलो समस्या झेल्नु परेको उहाँको धारणा छ । “कोरोना भाइरसको महामारीले नेपाली समाज आक्रान्त छ । हाम्रो थारु समुदायमा पनि लकडाउनले ठूलो असर पुगेको छ । विकल्प विना गरिएको लकडाउनले मनिसहरुमा मनोबौज्ञनिक त्रास फैलिएको छ ” चौधरीले भन्नुभयो ।

एकातिर महामारीको त्रास छ, भने अर्कातर्फ आर्थिक दायित्वको सीमा, आफ्नो रोजगारी तथा व्यवसाय पुरानै अवस्थामा संचालन हुने नहुने अन्योल समेत बढ्दै जाँदा समुदायमा मनोबैज्ञनिक असर समेत परेको उहाँले बताउनुभयो । समुदायमा आर्थिक र मनोबैज्ञनिक त्रासको कारण आत्महत्याको दर बढ्दै गएको बताउँदै यसतर्फ राज्यको ध्यान समयमा पुग्न जरुरी रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरीले कोविड १९ ले मिडियमा समेत ठूलो असर पुगेको बताउनुभयो । धेरै पत्रकारको रोजगारी गुमेको र फ्रन्ट लाईनमा काम गर्ने पत्रकारलाई कोरोना संक्रमित देखिएकाले समस्या माथि झन् समस्या झेल्नु परेको सचिव चौधरीले बताउनुभयो ।

थारु कल्याणकरिणी सभाा जल्ला सचिव सरिता चौधरीले समुदायका हरेक क्रियाकलापलाई राजनीतिक दृष्टिले हेर्न नहुने बताउनुभयो । सवै समुदायका क्रियाकलापलाई राजनीतिक आँखाले हेर्दा असली पीडित झन् पीडित हुन पुगेको उहाँको टिप्पणी छ । लकडाउनले थारु समुदायमा ठलो असर पुगेको बताउँदै रुपन्देहीमा थाकसले आफ्नो १६ वटै तहहरुमा लकडाउनको असरबारे छिट्टै अन्तरक्रिया गर्ने बताउनुभयो ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सोनु थापाले आदिवासी जनजाति पत्रकारलाई मिडियामा टिक्न निकै समस्या रहेको बताउनुभयो । कोविड–१९ ले पत्रकारमा मनसिक असर पर्नुको साथै धेरै मिडियाहरु बन्द हुने र कर्मचारी कटौतिले गर्दा समस्या माथि समस्या भोग्नु परेको बताउनुभयो ।

बुद्ध टिभिका स्टेशन म्यानेजर बिक्रम खड्कले लकडाउनले सम्पूर्ण पत्रकार संकटमा रहेको प्रतिक्रिया दिनुभयो । पत्रकार मात्र नभएर हरेक क्षेत्र, वर्गका मनिसहरुलाई अहिले ठूलो समस्या झेल्नु परेको बताउनुभयो ।

थारु पत्रकार संघ नेपाल कपिलबस्तु शाखाका अध्यक्ष श्याम सि.टि, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्य समिति सदस्य एवम् पूर्व थारु पत्रकार संघका रुपन्देही जिल्ला अध्यक्ष हिक्मत चौधरी लगायतले मिडियामार्फत आफुहरुले उत्पीडित जातजाति समुदायको आवाजलाई उठाइरहेको बताउनुभयो ।

समाचार संकलनमा सहज होस् भनेर पत्रकारलाई थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष शतिस कुमार चौधरीले सुरक्षाका समाग्रीहरु सेनिटाईजर र मक्स वितरणर गर्नुभयो । साथै अन्र्तक्रिया कार्यक्रममा वडा दशैंको शुभकामना अदान प्रदान गर्नुको साथै थारु पत्रकारलाई संघ नेपाल केन्द्रिय कार्य समितिले जिल्ला शाखालाई प्रदान गरेको प्रेस ज्याकेट समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया