पूर्वमन्त्री भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था सामान्य


हमार पहुरा डट कम
काठमाडौं, असोज ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीलाई पनि कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी सामाजिक सञ्जालमार्फत गराउनुभएको छ ।

पूर्व मन्त्री चौधरीले लेख्नुभएको छ, “बिरामी पनि कस्तो अच्चम ! कोबिड १९ ले मलाई पनि छाडेन । त्यसैले यो तीन–चार दिन यता मेरो सम्पर्कमा आउनु हुने ब्यक्तिहरु कन्ट्याक टेष्ट अर्थात साबधानी अपनाउनु होला मेरो रिपोर्ट पोजिटिभ आएको छ ।” उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया