
हमार पहुरा डट कम
बुटवल, कात्तिक १ गते । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती आएको स्वाव परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको मन्त्री चौधरीले बताउनुभयो ।
उहाँ सहित उहाँकी श्रीमती, निजी सचिवालयका पिएसओ, ड्राइभर, र भान्सेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धबारदेखि निरन्तर रुघा लागेपछि बिहीबार पिसीआर परिक्षण गराएको मन्त्री चौधरीले हमार पहुरा डट कमलाई बताउनुभयो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य रुघाखोकी बाहेक केही लक्षण देखिएको छैन । उहाँहरु सबै भैरहवास्थित मन्त्री निवासको आइसोलेसनमा रहेको मन्त्री चौधरीले बताउनुभयो ।
यसअघि उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण देखिएको थियो । मन्त्री चौधरीकाअनुसार परिवारका सदस्य तथा पिएसओहरुलाई सामान्य लक्षण पनि देखिएको छैन । विभिन्न सञ्चार माध्यममार्फत स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा मन्त्री चौधरीले धन्यवाद व्यक्त गर्नुभयो । आफू चाँडै कोरोना जितेर फर्किने पनि उहाँले दृढता व्यक्त गर्नुभयो ।




