थारु विद्यार्थी समाजको वक्तृत्व प्रतियोगितामा अभिसेक र प्रतिभा उत्कृष्ट बने


हमार पहुरा डट कम
सुनसरी, कात्तिक २ गते । थारु विद्यार्थी समाज जिल्ला कार्य समिति सुनसरीको आयोजनामा भएको अनलाइन थारु वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अभिसेक चौधरी (इटहरी) प्रथम र प्रतिभा चौधरी (मोरङ) द्वितीय हुनुभयो ।

थारु विद्यार्थी समाजले दिएको जानकारीअनुसार तेस्रो स्थानमा पूजा माझी (मोरङ) र सान्त्वनामा धिरजकुमार चौधरी (सुनसरी) हुनुभयो । उत्कृष्ट चारै जनालाई नगद सहित सम्मानपत्रले सम्मानित गरिएको छ ।

समाजसेवी दुखीराम खाँले नगदसहित उत्कृष्ट प्रतियोगीहरुलाई सम्मानित गर्नुभयो । प्रतियोगितामा ३५ जना युवा विद्यार्थीले भाग लिएका थिए । थाविस सुनसरीका अध्यक्ष राजेश माझीको अध्यक्षतामा भएको कार्यक्रममा दुई जना जेहेन्दार विद्यार्थीलाई थाविसको सिफारिसमा छात्रबृत्ति प्रदान गरिएको केन्द्रीय सदस्य चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

छात्रबृत्ति पाउनेमा कक्षा ११ मा पुष्पाकुमारी चौधरी महेन्द्र मेमोरियल एकेडेमी सुनसरीमा र बबिताकुमारी सरदार सरस्वती मावि दुहवी सुनसरीमा छात्रबृत्ति प्रदान गरिएको छ । दुवै कलेजलाई थाविसले धन्यवाद व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया