हसुलियामा सांस्कृतिक महोत्सव हुने


14

धनगढी, पुस १५ गते । कैलालीको हसुलियामा सांस्कृतिक तथा शैक्षिक महोत्सव हुने भएको छ । थारु समुदायको माघी पर्वको अवसर पारेर दिपेन्द्र उच्च माध्यमिक विद्यालयले पुस २९ देखि माघ ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको सो विद्यालयका प्राचार्य श्याम मल्लले जानकारी दिनुभयो । महोत्सवबाट संकलन भएको रकमलाई बहुमुखी क्याम्पस बनाउनका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय कलाकारहरुका प्रस्तुतीका साथै विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत हुने बताइएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले भनेको छ ।

तपाईको प्रतिक्रिया