कलाकारद्वय राज कुश्मी र अन्जु कुश्मीको नयाँ बृत्तचित्र ‘दश्या’ सार्वजनिक


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ४ गते । कलाकार राज कुश्मी र अन्जु कुश्मीको दश्या नामक बृत्तचित्र सार्वजनिक भएको छ । कलाकार कुश्मीले कात्तिक ३ गते सोमबार यु ट्यूवमार्फत सो बृत्तचित्र सार्वजनिक गर्नुभएको हो ।

थारु दशिया (दशैं) को झलक दिन खोजेको बृत्तचित्रको कथा पक्ष भने कमजोर छ । अन्जु कुश्मी र राज कुश्मीसहित कलाकारको नृत्य प्रस्तुत गरिएको वृत्तचित्रले थारु दशियाको सामान्य परिचय दिन सफल छ । त्यसमा थारु दशियाको सांस्कृतिक पक्षका बारेमा संस्कृतिविद डा. गोपाल दहितको धारणा सुन्न सकिन्छ ।

दशैंमा थारु समुदायले सेतो टीका लगाउने परम्परागत मान्यता हो । तर बृत्तचित्रमा रातो टिका लगाएको देखाएको छ । जसले दश्याको रौनकलाई खल्लो बनाएको महशुस गराउँछ । पितृको सम्झनामा पितृपूजा गरेको देखाएको वृत्तचित्रमा परम्परागत सखिया नाचको झलकभन्दा हुर्दङ्वा र दिननचुवा झुम्रा नाचलाई प्राथमिकता दिइएको छ ।

वारावर्दिया नगरपालिका वर्दियाको आर्थिक सहयोगमा निर्माण गरिएको बृत्तचित्र करिब २० मिनेटको छ । दोसहरण चौधरीको कथा रहेको बृत्तचित्रमा सत्तेनारायण चौधरी पनि सहायक निर्माताको भूमिका निर्वाह गर्नुभएको छ । बृत्तचित्रले थारु दशियाको झलक देखाउने प्रयास गरे पनि परम्परागतभन्दा आधुनिकतामा जोड दिएको प्रतित हुन्छ ।

हेर्नुहोस् बृत्तचित्र

बृत्तचित्र हेर्न तलको दश्यामा क्लिक गर्नुहोस्

दश्या

तपाईको प्रतिक्रिया