प्रदेश सभा सदस्य चुनकुमारी चौधरीद्वारा कुटी बड्याहा पुलको शिलन्यास


हमार पहुरा डट कम
धनगढी, कात्तिक ५ गते । सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका – ६ स्थित कुटि बड््याहा पुलको बुधबार शिलान्यास गर्नुभएको छ । पुल निर्माणले स्थानीयलाई वर्षात्को समयमा आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।

बर्खाको समयमा स्थानीयलाई आवतजावत गर्नमा समस्या भएपछि आफ्नै पहलमा सो पुल निर्माण गर्न लागेको सांसद चौधरीले बताउनुभयो । पुल निर्माणका लागि १८ महिनाको अवधी तोकिएको छ । २५ मिटर लम्बाई र ७ दशमलब ५ मिटर चौडाई रहेको पुलमा ३ करोड ५८ लाख २२ हजार १३७ रुपियाँ बजेट छुट्याइएको छ ।

विकास निर्माणका काममा पछाडी परेका क्षेत्रको विकासका लागि आफू लागिपरेको सांसद चौधरीले बताउनुभयो । विकास निर्माणका अतिरिक्त महिलाहरुको विकासका लागि महिला सशक्तिकरण, खानेपानीका योजना निर्माण, सिचाई र सडक निर्माणका लागि पनि काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय कैलाली मार्फत निर्माण गर्न लागिएको सो पुल निर्माणको ठेक्का एल.बी. एण्ड एबी बिल्डर्स प्राली धनगढी कैलालीले पाएको छ । पुलको निर्माण २०७८ पुससम्म सम्पन्न हुने बताइएको छ ।

पुलको निर्माण पछि गोदावरी नगरपालिका ६ भुइयारा, बड्याहाका स्थानियलाई यात्रा गर्न सहज हुनेछ । पक्की पुल नहुँदा बर्षात्को समयमा स्थानियले लामोबाटो भएर यात्रा गर्नुपर्ने बाध्यता छ । पुल निर्माणपछि आवतजावतमा सहज हुने स्थानिय डिल्लीराज बडुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया