कोरोना (कोभिड १९) महामारीलाई जित्न विश्वव्यापी अनलाइन प्रार्थना गर्ने तयारी


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ६ गते । विश्वव्यापी फैलिएको कोरोना संक्रमण (कोभिड १९) जित्नका लागि मानिसको मनोबल बढाउन विश्वव्यापी अनलाइन प्रार्थना गर्न लागिएको छ । सो प्रार्थनाले विभिन्न देशका नागरिकलाई कोरोना जित्नमा हौसला पुग्ने विश्वास गरिएको छ ।

कोभिड १९ रोकथाम तथा उन्मूलन र महामारीमा धार्मिक समुदायको शान्तिको कामलाई निरन्तरता दिन हेवेनली कल्चर वल्र्ड पिस रिइस्टोरेसन् अफ लाईट (एचडब्लुपिएल) नामक संस्थाले अन्तर विश्वास अनलाइन प्रार्थना सम्मेलन भर्चुअल माध्यमबाट गर्न लागेको हो । अक्टोबर २६ अर्थात कात्तिक १० गते साँझ ४ः४५ बजे नेपालमा भर्चुवल कार्यक्रममा भाग लिन सकिने सो संस्थाकी जनसम्पर्क विभागकी क्षेत्रीय प्रबन्धक भेरोनिका सिनले जानकारी दिनुभयो ।

सम्मेलनको उद्देश्य कोभिड १९ को कारणले पीडित मानिसहरु र विश्वका धार्मिक समुदायहरुको निम्ति आशाको सन्देश पु¥याउने रहेको छ । सम्मेलनमा ६ विभिन्न धार्मिक समूह बौद्ध, हिन्दू, यहूदी, सिख, ईसाई धर्म र इस्लाम धर्मका धार्मिक अगुवाले प्रवचन दिनेछन् । कोभिड १९ बाट पार पाउन विभिन्न विश्वास पृष्ठभूमिका मानिसहरुको आवाजलाई एकताबद्ध गर्ने प्रयास गरिने प्रबन्धक सिनले जानकारी दिनुभयो ।

सम्मेलनमा तीन महाद्वीपका विभिन्न धार्मिक समूह, नागरिक समाज, युवा, अगुवाहरू र संस्थाका सदस्यहरूसहित करिब ८०० व्यक्तिले सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ । दक्षिण कोरियाको सिवलमा रहेको एचडब्लुपिएल संस्था मुख्य आयोजक रहेको कार्यक्रममा नेपालसहित फिलिपिन्स, इन्डोनेशिया, हङकङ, टाइवानबाट समेत सहभागीता रहने सो संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया