कोभिड १९ जित्न विश्वाव्यापी भर्चुवल प्रार्थना सभा, कोभिड परास्त हुने विश्वास


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १२ गते । विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ परास्त गर्न विश्वव्यापी प्रार्थनासभा आयोजना गरिएको छ । सभामा १९ देशका धार्मिक गुरु र अन्य सहभागीहरुको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

कोभिड १९ दैनिक संक्रमण निरन्तर रुपमा बढी रहेको बेला २६ अक्टोर (कात्तिक १० गते) विश्वका प्रमुख सात धर्मका धार्मिक गुरुहरु, विश्व अन्तरविश्वास संयुक्त अनलाइन प्रार्थना सम्मेलनमा भेला हुनु भएको हो । प्रार्थनासभामा करिब ६ सय जनाको सक्रिय सहभागिता थियो ।

कोभिड १९ उन्मूलनका लागि प्रार्थनाको आवाजलाई एकजुट गर्न सम्मेलनमा ५ महाद्वीपका १९ देशका बौद्ध धर्मबालम्बी, हिन्दू, यहूदी, सिख, कन्फ्युसियानिज्म, क्रिश्चियन र इस्लाम धर्मलम्बी गरी करिब ६०० जनाले भाग लिएको आयोजक संस्था हेवेनली कल्चर, वल्र्ड पिस, रिइस्टेरेसन् अफ लाईट (एचडब्लुपिएल) ले जनाएको छ ।

कार्यक्रम धार्मिक गुरुहरूको समर्थनमा आयोजना गरिएको थियो । कोभिड १९ को कारणले पीडित मानिसहरु र विश्वका धार्मिक समुदायहरु सबैलाई एककृत गरी उनीहरुकानिम्ति आशाको सन्देश पु¥याउने उद्देश्यले प्रार्थनासभा आयोजना गरिएको बताइएको छ । प्रार्थनासभा एक घण्टा चलेको थियो ।

दक्षिण कोरियामा रहेको एचडब्लुपिएल विश्वव्यापी शान्ति र युद्धको अन्त्यका लागि कार्य गर्ने अन्तर्राष्ट्रिय शान्ति संस्था हो । आपसी सम्मान र धर्मले गर्दा भएका सबै वैश्विक द्वन्द्वहरू समाधान गर्न र विश्व शान्ति प्राप्त गर्न अन्तरविश्वाश मेलमिलाप पूरा गर्न आधारित विभिन्न धार्मिक समूहहरू बीचको सञ्चार बलियो पार्न २०१४ मा शुरू भएदेखि यो संस्था १२८ देशहरुमा सञ्चालनमा छ ।

इन्टरनेशनल ह्युमन राइट्स कमिटीका अध्यक्ष इफ्तिखार अहमद अयाजले कार्यक्रममा भनेका थिए, “आज सम्पूर्ण विश्व विपत्तिजनक कोभिड १९ महामारीको सामना गर्दैछ र हजारौंको मृत्यु भइसकेको छ । मानव जीवन प्रार्थनामा फर्कनु पर्छ ।” यस्ता सम्मेलनहरूमा भाग लिने विश्वभरिका धार्मिक गुरुहरूले खेल्ने महत्वपूर्ण भूमिका रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा छ जना धार्मिक गुरुहरुले इस्लाम, हिन्दू, ईसाई, यहूदी र सिख धर्मको प्रतिनिधित्व गर्दै बधाई अभिव्यक्ति दिनुभएको थियो । प्रार्थना सभालाई नोक्स युनाइटेड मेथोडिस्ट चर्चका प्रशासक पास्टर मार्सेल एन्ड्रेस टांगुइलान, दक्षिणी पश्चिमी नाइजेरियाको मुस्लिम उम्महका पूर्व कार्यकारी सचिव, दाउद नोबीले पनि सम्बोधन गर्नुभयो ।

प्रार्थना सत्रमा सहभागीहरूले एक साथ प्रार्थना गरे र प्रत्येक भाषा र प्रत्येक धर्मको परम्परामा आध्यात्मिक प्रतिबिम्ब र कोभिड १९ को अन्त्यबाट संसारको पुन प्राप्तिको लागि प्रार्थना गरेका थिए । सम्मेलनको अन्तमा सहभागीले शान्तिको गीत गाउनुभएको थियो ।

प्रार्थनासभामा अल बर्मीज मोंक्स रिप्रिजेनतेटिब कमितिका महासचिव अश्विन हटावाराले एक मनका भएर एक साथ प्रार्थना गर्न यो अभूतपूर्व प्रार्थना सम्मेलन भएकाले हाम्रो प्रार्थना इश्वरले सुन्नुहुने विश्वास गर्नुभयो । यस महिना ७० देशका सहभागीहरूसँग २० भन्दा बढी पटक अनलाइन अन्तरविश्वाश प्रार्थना बैठक आयोजना गरिसकिएको पनि आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया