थाकस कपिलबस्तु जिल्ला अध्यक्ष उमाशंकर चौधरीलाई मातृशोक


कमल चौधरी
कपिलबस्तु, कात्तिक १७ गते । थारु कल्यणकारिणी सभा (थाकस) का जिल्ला अध्यक्ष एवम् थारु पत्रकार संघ नेपाल कपिलबस्तु शाखाका सल्लाहकार उमाशंकर चौधरीलाई मातृशोक परेको छ ।

सल्लाहकार चौधरीका आमा गुलाबी चौधरीको ७० बर्षको उमेरमा बुधबार १२ गते बाणगंगा–२ तेनुइयामा आफ्नै निवासमा निधन भएको हो । आमा चौधरी लामो समयदेखि बिरामी रहेको छोरा उमशंकर चौधरीले बताउनुभयो । स्वार्गीय गुवालीका ३ छोरामध्ये उमाशंकर जेठो छोरा  हुन् ।

दुःखद् घडीमा थारु कल्यणकारिणी सभा जिल्ला कार्यसमिति, नगर कार्य समिति र थारु पत्रकार संघ नेपाल जिल्ला शाखाले संयुक्त रुपमा आईताबार श्रद्धाञ्जलि सभा कार्यक्रम सम्पन्न गरेको छ ।

श्रद्धाञ्जलि सभा कार्यक्रम था.क.स.का जिल्ला कोषाध्यक्ष शिवाली थारुको अध्यक्षतामा भएको हो । शोकसभा कार्यक्रममा बोल्दै थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले स्वार्गीय आमाको आत्माको चिर शान्तिको कामना गर्दै बैकुन्ठ बासको कामना    गर्नुभयो । परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भनी भगवानसँग कामना समेत गर्नुभयो ।

त्यस्तै थारु पत्रकार संघ नेपाल कपिलबस्तु जिल्ला शाखाका अध्यक्ष श्याम सि.टिले जन्मपछि मृत्यु निश्चित भएको भन्दै जहाँ जीवन छ, त्यहाँ मृत्यु निश्चित रहेको बताउनभयो । जीवन र मृत्युको नाता गहिरो रहेको भन्दै कसको, कहिले, कतिखेर मिति पुग्छ टुंगो नभएको भन्दै उहाँले आमाको स्वर्गमा बास होस् भन्ने कामना गर्नुभयो ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा थाकसका केन्द्रीय सदस्य जन्जिरप्रसाद थारु, थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरी, था.क.स. पूर्व केन्द्रीय सदस्य भोजराज थारु, था.क.स का सल्लाहकार झगरु थारु, बाणगंगा–४ वडा सदस्य ऋषिराम थारु, बाणगंगा–८ वडा अध्यक्ष नाथुराम थारु, समाजसेवी तथा बुद्धिजिवी सरजु प्रसाद थारु, था.क.स. नगर अध्यक्ष भग्गुप्रसाद थारु, थापस जिल्ला सचिव सरिता थारु लगायतले मृतक आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया