हमार पहुरा डट कम
काठमाडौं, मंसिर ५ गते । कोभिड १९ ले विश्वव्यापी रुपमा असर गरेको छ । हरेक दिन पाँच लाख व्यक्तिमा कोरोना संक्रमण भइरहेका बेला विश्वभरका धर्माबलम्बीले कोरोना अन्त्यका लागि सामुहिकरुपमा प्रार्थना गरेका छन् ।
सिन्छन्जी चर्चका दुई लाख स्वदेशी र विदेशी सदस्यहरू नोभेम्बर १५ का दिन कोभिड १९ को अन्त्यका लागि अनलाइन प्लेटफर्म मार्फत एकसाथ प्रार्थना गरेका हुन् । फिलिपिन्स, नेपाल, हङकङ, ताइवान र इन्डोनेसिया लगायत ७३ देशका नागरिकले एकसाथ प्रार्थनामा सहभागी भएका थिए ।
यसअघि अक्टोबर २६ मा पनि त्यही प्रकृतिको प्रार्थना गरिएको थियो । त्यसबेला पाँच महादेशका १९ देशका विभिन्न धर्मका धार्मिक गुरुहरूले कोभिड १९ को अन्त्यका लागि प्रार्थनाको आवाजलाई एकताबद्ध गर्न रिले प्रार्थना सभा जारी राख्ने दृढ संकल्प व्यक्त गर्नुभएको थियो ।
दक्षिण कोरियामा रहेको सिन्छन्जी चर्च नामक क्रिश्चियन चर्चको नेतृत्वमा रहेको विश्वव्यापी प्रार्थना सभालाई आधिकारिक यूट्यूब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो । दक्षिण कोरियाका र विदेशका सबै सदस्यहरूले यस महामारीको बखत उनीहरूको प्रयासलाई समर्पण गरिरहेका सरकार, मेडिकल स्टाफ, बिरामीहरू, रोग मुक्त नागरिक र अन्य नागरिकहरूका लागि प्रार्थना गरेका थिए ।
सिन्छन्जी चर्चका अध्यक्ष मानहि लीले “विश्वका धार्मिक व्यक्ति“ लाई “एक हृदय“ मा एकत्रित गर्न र र “संकटलाई पछाडि राख्न“ प्रोत्साहित गर्नुभयो । फिलिपिन्सको इमाम काउन्सिलका राष्ट्रिय संयोजक इमाम अकमद बी वहाबले आफ्नो समर्थन व्यक्त गर्दै, “यो प्रार्थना भेला अध्यक्ष म्यानहि लीको अर्को ठूलो कदम भएको बताउनुभयो ।
उहाँ हामीलाई साझा उद्देश्यको लागि धर्म, जाति वा राष्ट्रियता जस्तोसुकै तरिकाले भएपनि एकजुट गर्दै हुनुहुन्छ र यो भनेको कोभिड १९ लाई प्रार्थना मार्फत समाप्त गर्ने तरिका हो उहाँले भन्नुभयो । धेरै व्यक्तिहरू कोभिड १९ बाट पीडित छन् ।
विशेषगरी, फेब्रुअरीमा चर्चमा धेरै संक्रमणहरू भएको थियो । यस रोगबाट विश्वभरका धेरै नागरिकहरूले दुःख भोगेका छन् । अध्यक्ष लीले भन्नुभयो, “निरन्तर रुपमा अग्रसर रहेर हामीले नेतृत्व लिनु पर्दछ देशको लागि र नागरिकको लागि अनि कोभिड १९ को अन्त्यको लागि परमेश्वरसँग प्रार्थना गर्नुपर्छ ।“