राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा


हमार पहुरा डट कम
काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा विघटन गर्नुभएको छ । प्रतिनिधिसभाको निर्वाचन २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा निर्वाचनको मिति तोक्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सो घोषणा गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा नयाँ चरणको निर्वाचन मिति तोकिएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्ण विवरण

आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वेशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ ।

तपाईको प्रतिक्रिया