थारु समुदायको संस्कृति संरक्षणका लागि लोकगीत भिडियो निर्माण गरिने


धिरेन्द्रकुमार चौधरी
सुनसरी, पुस १० गते । आदिवासी थारु समुदायको सस्कार र सस्कृती झल्कने पौराणिक लोकगीत समेटेर थारु भिडियो निर्माण हुने भएको छ ।
समुदायमा लोप हुन लागेको लोकगीतको जगेर्ना गर्ने उद्देश्यले थारु चलचित्र तथा सास्कृतीक संघ सुनसरीले भिडियो निर्माणका लागि कार्य शुरु गरेको हो । बिहीवार संघ सुनसरीले रामधुनिको झुम्कामा सांस्कृतीक म्युजिक भिडियो निर्माणका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो ।

संघ सुनसरीकी अध्यक्ष जानकी चौधरीले थारु समुदायको महान पर्व माघिको अबसरमा थारु गाउँ डकहामा गीतको छायांकन गरीने बताउनुभयो । पुर्वदेखि पश्चिमसम्मका थारु समुदायले जिबिका निर्वाह गर्नका लागि प्रयोग गर्ने सामग्री, खाने परीकार, रीतिरिवाज, भाषा, भेषभुषा प्रबर्द्धन तथा संरक्षनका लागि म्युजिक भिडियो महत्त्वपूर्ण हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा थारु कल्याणकारीणि सभाका पुर्व केन्द्रिय सभापति चन्द्रनारायण चौधरी , थारु महिला सभाकी केन्द्रिय सचीव शुसिला चौधरी, सुमित्रा चौधरी, वडाअध्यक्ष घनश्याम चौधरी, पर्शुराम चौधरी, राजकुमार चौधरी, नवीन चौधरी, एलएन गछ्दार लगायतका बक्त्ताले लोकगीतबाट थारु संस्कृती जगेर्नामा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया