कोभिड १९ का कारण यस वर्ष काठमाडौंमा माघी महोत्सव २०७७ नहुने


हमार पहुरा डट कम
काठमाडौं, पुस २२ गते । हरेक वर्ष काठमाडौंको टुँडीखेलमा हुने थारु माघी महोत्सव यस वर्ष कोभिड १९ का कारण नहुनेभएको छ । कोभिड १९ को असर केही कमी भएपनि पूरै अन्त्य भइनसकेकाले सरकारले कार्यक्रम स्थलका लागि अनुमति नदिएपछि महोत्सव नहुने थारु कल्याणकारिणीसभा (थाकस) ले जनाएको छ ।
माघे संक्रान्तिको अवसरमा कुनै हलमा सामान्य शुभकामना आदान प्रदान कार्यक्रम हुन सक्ने थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । वि.सं. २०५९ सालदेखि उपत्यकामा माघी महोत्सवको आयोजना हुँदैआएको थियो । काम विशेषले उपत्यकामा बसोबास गर्ने थारु समुदायबीच शुभकामना आदान प्रदान गर्ने तथा थारु कला, संस्कृति तथा पहिचानबारे अरु समुदायलाई पनि जानकारी गराउने उद्देश्यसाथ महोत्सव हुँदैआएको थियो ।
यस वर्ष कोभिड १९ कै कारण धेरै कम जिल्लामा महोत्सव हुने भएको छ । कपिलवस्तुसहित केही जिल्लामा महोत्सवको आयोजना गर्ने तयारी भएपनि जिल्ला जिल्लामा महोत्सव नहुने भएको छ । सरकारले २५ बढी मानिसलाई एक ठाउँमा जम्मा हुन नदिने सूचना जारी गरेकाले स्थानीय प्रशासनले पनि महोत्सवका लागि अनुमति दिएको छैन ।

तपाईको प्रतिक्रिया