एमालेको तराई केन्द्रीत जनजागरण अभियान


UML logo1

काठमाडौ, पुस १७ गते । नेकपा (एमाले) ले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान २०७२ शुरुगरेको छ । यसअघि एमालेले नयाँ संविधानबारे जानकारी दिन गत मंसिर २१ र २२ गते चित्तवनको सौराहाबाट सो जनजागरण अभियानको औपचारिक शुरुवात गरेको थियो ।

संविधानको घोषणा ऐतिहासिक उपलब्धीः अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि भन्ने मूलनाराका साथ शुरुभएको अभियान फागुन २१ सम्म चल्ने पार्टीले जानकारी गराएको छ । त्यसकालागि विशेष कार्ययोजना तयार भएको प्रचार उपप्रमुख सूर्य थापाले बताउनुभयो ।

एमालेले तयगरेको कार्यक्रममा मेचीमा पुस १६ र १७ गते, कोशी पुस १६ गते, सगरमाथा २४ र २५ गते, जनकपुर २३ र २४ गते, नारायणी पुस १८ गते, गण्डकीमा पुस २५ गते, धवलागिरीमा २४ र २५ गते, लुम्बिनीमा १७ र १८ गते, राप्तीमा २४ र २५ गते, भेरी÷कर्णालीमा पुस २८ र २९ गते, सेतीमा पुस २० र २१ गते कार्यक्रम हुने पार्टीले जानकारी गराएको छ ।

त्यस्तै, महाकालीमा पुस २१ र २२ गते, उपत्यकामा पुस २४ र २५ गते, बागमतीमा २८ गते कार्यक्रम हुने बताइएको छ । अभियानलाई प्रभावकारी बनाउन पार्टीले प्रत्येक अञ्चलमा स्थायी कमिटीका सदस्यहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । सो अनुसार मेची र कोसीका लागि भीमप्रसाद आचार्य, सगरमाथाका लागि शंकर पोखरेल र सत्यनारायण मण्डललाई जिम्मेवारी दिइएको छ ।

सोहीअनुसार जनकपुरका लागि सचिव गोकर्ण विष्ट, नारायणीका लागि सचिव योगेश भट्टराई, गण्डकीमा सचिव प्रदीप ज्ञवली, धवलागिरीमा मुकुन्द न्यौपाने, लुम्बिनीमा पृथ्वीसुब्बा गुरुङ, राप्ती र कर्णालीमा युवराज ज्ञवाली, भेरीमा घनश्याम भुषाल, सेतीमा किरण गुरुङ, महाकालीमा केशव बडाल, उपत्यकामा अष्टलक्ष्मी शाक्य, बागमतीमा सुरेन्द्र पाण्डे र सम्पर्कका लागि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको प्रचार उपप्रमुख थापाले जानकारी दिनुभयो ।

अभियान देशैभर सञ्चालित भएपनि विशेष गरी तराई मधेसमा बढी केन्द्रीत हुने भन्दै पार्टीले सम्बन्धित अञ्चल इन्चार्जहरुलाई सोहीअनुसार तयारी गर्न निर्देश गरेको महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको अभियान प्रतिवेदनमा जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया