आदिबासी जनजाति विद्यार्थी महासंघको केन्द्रीय अध्यक्षमा चन्द्रप्रसाद चौधरी


हमार पहुरा डट कम
काठमाडौं, पुस २९ गते । नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको छैठौं राष्ट्रिय महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । काठमाडौंमा हालै भएको महाधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

अध्यक्ष चौधरीले आफूलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । आगामी दिनमा सबैलाई समेटी सबै पक्षसँग समन्वय गरेर आदिबासी जनजाति अधिकारको सवालमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । महासंघमा २८ वटा जातीय विद्यार्थी संगठनको आवद्धता छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश लो तामाङ, उपाध्यक्षहरुमा क्रमशः सुरेन्द्र थामी, प्रविणा राई, आचार्य निङ्मा शेर्पा, जलन लिम्बु, ज्ञानु भुजेल, मनदेवि श्रेष्ठ (महिला) चयन हुनुभएको छ । त्यसैगरी महासचिव र उपमहासचिवमा क्रमशः पुकार गुरुङ र चन्द्र दर्लामी मगर चयन हुनुभएको छ ।

सोहीअनुसार समितिको सचिवमा क्रमशः शम्भु कुमाल, जोगमाया लुम्बा, समिर हायु, कृति मण्डल (महिला) चयन हुनुभएको छ । त्यस्तै, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः नविकुमार सुनुवार र नविन नगरकोटी (पहरी) चयन हुनुभएको छ ।

त्यस्तै विभागीय सदस्यहरुमा सुमन दुरा, सुनिल धिमाल चयन हुनुभएको छ । त्यस्तै केन्द्रीय सदस्यमा निराजन किराती (किरात प्रदेश), कुमार श्रेष्ठ (नेवा प्रदेश) चयन हुनुभएको केन्द्रीय अध्यक्ष चौधरीले बताउनुभयो । बाँकी ९ जना केन्द्रीय सदस्य पछि मनोनित गरिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया