
हमार पहुरा डट कम
कोल्हबी, माघ १ गते । थारु समुदायको नयाँ वर्ष माघी २०७७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पत्रकार संघ नेपाल बारा शाखको आयोजनामा बुधवार आयोजित कार्यक्रममा पर्वको शुभकामना तथा समिक्षा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले थारु जातीका उत्थानका लागि आफुले आफ्नोस्तरबाट सक्दो प्रयास गर्दैआएको बताउनुभयो । यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो । थारु समुदाय अनेक विचारमा विभाजित हुँदा खास मुद्दा ओझेल परेको उहाँको भनाइ छ ।
यस्तै बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जातभन्दा वर्गीय विकासमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षा आजको विकासको मुल आधार भएकाले सबैखाले शिक्षामा जोड दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रिय कोषाध्यक्ष दुष्यन्त चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य रेनु चौधरी, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय, कोल्हवी नगरपालिकाका ६ का वडाअध्यक्ष पुरनदेवप्रसाद चौधरी, थारु यूवा समाजसेवी बिरेन्द्र प्रसाद पनुहर, तामागढी वन व्यवस्थापन साझेदारीका अध्यक्ष रबिन्द्र पनुहर, सपही क्याम्पसका संचालक समितिका अध्यक्ष रामप्रसाद चौधरी, सपही क्याम्पसका सभा अध्यक्ष एवम् अनुपदिपनीका माध्यमिक विधालयका पूर्व प्रचार्य केवलप्रसाद चौधरीले माघीको शुभकामना दिनुभयो ।
कोल्हवी नगरपालिकाका उप नगरप्रमुख सुनैईनादेवि थरुनी, थारु कल्याणकारीणी सभाका जिल्ला सभापती रामप्रसाद चौधरी लगायतकोले मन्त्वय व्यक्त गर्नुभएको थियो । थारु पत्रकार संघ नेपाल बाराका अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बारा निर्वाचन क्षेत्र १ (क) का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन ज्ञानेन्द्र चौधरी तथा मिनाक्षी चौधरीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरुको स्वागत नन्देश्वर चौधरीले गर्नुभयो ।




