शान्ति शिक्षाकासाथ विश्वमा शान्ति फैलाउने कार्यक्रम हुने


हमार पहुरा डट कम
काठमाडौंं, माघ ६ गते । शान्ति शिक्षाको माध्यमबाट विश्वमा शान्ति संस्कृति फैलाउने उद्देश्यसाथ अन्तर महाद्विपीय भर्चुवल सम्मेलन हुने भएको छ । दक्षिण कोरियाली गैर सरकारी संस्था हेवेनली कल्चर, वल्र्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) को आयोजनामा कार्यक्रम आगामी आइतबार जनवरी २४ तारिखमा हुने सो संस्थाले जनाएको छ ।

फिलिपिन्स, भारत, नेपाल, अष्ट्रेलिया र दक्षिण कोरिया लगायत करिब १७ देशबाट करिब दुई हजार सहभागी रहने कार्यक्रम भर्चुवल माध्यमबाट गरिने आयोजकले जनाएको छ । एचडब्लुपिएलको सातौं वार्षिकोत्सवको अवसरमा आयोजना हुन गइरहेको सो कार्यक्रममा शान्ति समाज तथा धार्मिक अगुवाहरुले सम्बोधन गर्ने बताइएको छ ।

कार्यक्रमले विश्वमा दिगो शान्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न अपेक्षा गरिएको छ । शान्त संसार निर्माणमा शान्ति शिक्षाको भूमिका मुख्य नाराकासाथ कार्यक्रम तय गरिएको सो संस्थाका मिडिया समन्वयकर्ता भेरोनिका सिनले बताउनुभयो । नेपाली समयअनुसार सो कार्यक्रम पौने एक बजेदेखि पौने दुई बजेसम्म चल्ने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया