भारतले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप उपलब्ध गराउँदै


हमार पहुरा डट कम
काठमाडौं, माघ ७ गते । नेपाललाई भारत सरकारले कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ। खोप विहिबारसम्म नेपाल आइपुग्ने बताइएको छ ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास कोभिशिल्ड भ्याक्सिन विहिबार काठमाडौं आइपुग्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतीय दूतावासले बुधवार संयुक्त पत्रकार सम्मेलन गरी गरेको हो ।

भारतले अनुदानमा उक्त संख्यामा खोप उपलब्ध गराउन लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिनुभयो। मन्त्रालय र भारतीय राजदूतवासले संयुक्त रुपमा बुधबार आयोजना गरेका पत्रकार सम्मेलनमा भारतले अनुदानमा उक्त खोप उपलब्ध गराउने जानकारी दिएको छ।

पहिलो चरणमा भोलि नै खोप काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । यो सहयोग नेपाल – भारतको मित्रताको अनुपम उदाहरण हो, यसअघि पनि स्वास्थ्यकर्मी, स्वास्थ्यसामग्री, औषधिलगायत सहयोग हुँदैआएको थियो। त्यसका लागि भारत सरकारलाई म धन्यवाद दिन चाहन्छु, मन्त्री त्रिपाठीले भन्नुभयो । खोप ल्याउन नेपालले कानुनी, आर्थिक लगायतका सबै प्रक्रिया पूरा गरिसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया