एचडब्लुपिएलको सातौं वार्षिकोत्सव, विश्वभर शान्ति सचेतना फैलाउन आग्रह


हमार पहुरा डट कम
काठमाडौ, माघ १३ गते । हेवेन्ली कल्चर वल्र्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपिएल) अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आफ्नो सातौ वर्षगाँठ भव्यताकासाथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा सो संस्थाले शान्ति शिक्षाको भूमिकाबारेमा अन्तरमहाद्विप शान्ति सम्मेलन आयोजना गरेको छ ।

भर्चुवल जुम मार्फत गरेको कार्यक्रममा ७० देशका करिब दुई हजार चारसयभन्दा वढी सहभागीहरुको सक्रिय सहभागीता रहेको सो संस्थाकी जनसम्पर्क विभागकी क्षेत्रीय प्रबन्धक भेरोनिका शिनले जानकारी गराउनुभयो । उहाँकाअनुसार कार्यक्रममा फिलिपिन्स, दक्षिण कोरिया, नेपाल, अफगानिस्तान, भारत, इन्डोनेसिया, हङकङ, अष्ट्रेलियाबाट सहभागीता रहेको थियो ।

फिलिपिन्सको मागुइन्डानाओ प्रान्तले जनवरी २४ तारिखलाई एचडबलुपिएल शान्ति दिवसको रुपमा घोषणा गरेपछि सो दिन संस्थाले वार्षिकोत्सव मनाउँदैआएको छ । शान्त विश्वको निर्माणमा शान्ति शिक्षाको भूमिका विषयक अन्तरक्रियामा वक्ताहरुले विश्वभर शान्तिको चेतना फैलाउन भूमिका खेल्न आह्वान गर्नुभयो ।

सो अवसरमा कैरोका अपिल अदालतका अध्यक्ष, संयुक्त राष्ट्र संघ मानवअधिकार काउन्सिलका पूर्व राष्ट्रपति ग्वा टेमाला, शिक्षा मन्त्रालयका पूर्व सल्लाहकार फिलिपिन्स दाभाओ अर्चिडिओसका आर्कविशप इमरिटस सहित एचडब्लुपिएलका अध्यक्ष मान ही लीले धारणा राख्नुभएको थियो । युवालाई शान्ति शिक्षा बारे सचेतना जगाउँदै विश्वभर शान्ति स्थापित गर्नुपर्ने सुझाव वक्ताहरुको थियो ।

अफगानिस्तानकी शिक्षिका फिरोजा मुरादीले सन् २०१४ मा मिन्डानाओ शान्ति सम्झौता अफगानिस्तानजस्ता देशका लागि उत्कुष्ट नमुना भएको बताउनुभयो । मिन्डानाओमा भएको शान्तिको चमत्कार अफगानिस्तानमा पनि हुनुपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एचडब्लुपिएलका पदाधिकारीहरुले सन् २०२१ को योजना र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । अनलाइन शान्ति शिक्षा कार्यक्रम, शान्ति शिक्षा स्वेच्छिक कार्यक्रम र अनलाइन युवा शान्ति प्रेम आदानप्रदान परियोजना यो वर्षमा सञ्चालन हुने जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया