थाकसको अगुवाईमा थारु मानक भाषा मूल मस्यौदा निर्माण समिति गठन


हमार पहुरा डट कम
काठमाडौं, माघ ३० गते । थारु कल्याणकारिणी सभा (थाकस) ले थारु सम्पर्क भाषा (लिङ्ग्वा फ्राङ्का) निर्माण गर्न थारु मानक भाषा मूल मस्यौदा समिति गठन गरेको छ । लामो समयको अभ्यासपछि थाकसले मस्यौदा समिति गठन गरी काम अगाडि बढाएको हो ।

यसअघि गत साउन ३१ गतेदेखि जुम बैठक गरी मानक भाषा वहस सञ्चालन गर्दैआएको थाकसले कुछतनारायण चौधरी (दाङ) को संयोजकत्वमा २५ सदस्यीय मस्यौदा समिति गठन गरेको महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार मूल समितिमा पश्चिमदेखि पूर्वका विज्ञहरुलाई समेटिएको छ । मूल समिति मातहत काम गर्नेगरी अन्य चार वटा समिति तथा उपसमिति गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

मूल समितिको उपसंयोजकमा बुद्धसेन चौधरी (सप्तरी) र सदस्यसचिव लक्की चौधरी (कैलाली) रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा भोलाराम चौधरी (मोरङ), रामसागर चौधरी (सुनसरी), महेशकुमार चौधरी (सप्तरी), प्रेमीलाल चौधरी (रौतहट), लक्ष्मण चौधरी (उदयपुर), सियाराम चौधरी (सिराहा), राकेशसिंह थारु (महोत्तरी), राजेश चौधरी (कपिलवस्तु), सुवेदार चौधरी (सर्लाही), हृदयनारायण चौधरी (बारा), शान्ति चौधरी (बारा), नेमनारायण सिंह थारु (बाँके), कारी महतो (चितवन), बमबहादुर चौधरी (रुपन्देही), हरिमाया महतो (नवलपरासी), केबी चौधरी (दाङ), गणेश चौधरी (बाँके), सुशील चौधरी (वर्दिया), मानबहादुर चौधरी पन्ना (सुर्खेत), सोम डेमनडौरा (वर्दिया), रामबहादुर चौधरी (कैलाली) र इन्द्र चौधरी (कञ्चनपुर) रहनुभएको छ ।

त्यस्तै, थाकसका महामन्त्री प्रेमीलाल चौधरीको संयोजकत्वमा नौ सदस्यीय सचिवालय तथा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा क्रमशः कुछतनारायण चौधरी (दाङ), बुद्धसेन चौधरी (सप्तरी), सुशील चौधरी (वर्दिया), लक्की चौधरी (कैलाली), शान्ति चौधरी (बारा), महेश चौधरी (सप्तरी), रामबहादुर चौधरी (कैलाली) र इन्द्र चौधरी (कञ्चनपुर) रहनुभएको छ ।

सोहीअनुसार महेश चौधरी (सप्तरी) को संयोजकत्वमा नौ सदस्यीय शब्दकोष निर्माण उपसमिति गठन भएको थाकसले जनाएको छ । उपसमितिको सदस्यमा क्रमशः एकराज चौधरी (दाङ), लक्ष्मण चौधरी (चितवन), प्रेमसिंह कठरिया (कैलाली), नीरा भगत थारु (मोरङ), प्रतिका चौधरी (कञ्चनपुर), शत्रुघन चौधरी (दाङ), चन्द्रप्रसाद चौधरी (सप्तरी) र धर्मेन्द्र चौधरी (रौतहट) रहनुभएको छ ।

त्यस्तै, अनिलदत्त चौधरी (वर्दिया) को संयोजकत्वमा नौ सदस्यीय व्याकरण निर्माण उपसमिति गठन गरिएको छ । थाकसकाअनुसार उपसमितिको सदस्यहरुमा क्रमशः भाजुमान महतो (चितवन), रामबहादुर चौधरी (कैलाली), डा. कविरदास चौधरी (सप्तरी), बमबहादुर चौधरी (रुपन्देही), सम्पतलाल चौधरी (सुनसरी), सोम डेमनडौरा (वर्दिया), लक्ष्मण चौधरी (उदयपुर) र छविलाल कोपिला (दाङ) रहनुभएको छ ।

त्यस्तै, कुछतनारायण चौधरी (दाङ) को संयोजकत्वमा आठ सदस्यीय पाठ्यक्रम निर्माण उपसमिति गठन गरिएको थाकसले जनाएको छ । महामन्त्री चौधरीकाअनुसार उपसमितिको सदस्यहरुमा क्रमशः कारी महतो (चितवन), ठाकुरसिंह थारु (वर्दिया), महेश चौधरी (सप्तरी), नाथुराम चौधरी (कैलाली), केबी चौधरी (दाङ), मानबहादुर पन्ना चौधरी (सुर्खेत) र मुना चौधरी (सिराहा) रहनुभएको छ ।

सोहीअनुसार महेश चौधरी (दाङ) को संयोजकत्वमा आठ सदस्यीय सल्लाहकार समिति गठन भएको थाकसले जनाएको छ । सो समितिमा भुलाई चौधरी (सप्तरी), डा. रामप्रसाद चौधरी (बारा), डा. महेन्द्रप्रसाद चौधरी (सिराहा), सुरेन्द्र चौधरी (पर्सा), डा. शंकरलाल चौधरी (रौतहट), अशोक थारु (दाङ) र दिलबहादुर चौधरी (कैलाली) सल्लाहकार सदस्य रहनुभएको छ ।

मस्यौदा समितिले थारु मानक भाषा बनाउने अवधारणापत्र पनि तयार गरेको छ । अवधारणापत्रमा मुख्यतः चार बुँदे उद्देश्य राखेको छ । थाकसका महामन्त्री, सचिवालय तथा समन्वय समितिका संयोजक प्रेमीलाल चौधरीकाअनुसार उद्देश्यमा १) लिङ्ग्वा फ्राङ्का (सम्पर्क भाषा) बनाउन लेखन निर्देशिका विकास गरी थारु भाषा लेखन एकरुपता कायम गर्ने । २) थारु भाषा लेखन निर्देशिकाको आधारमा थारु हिज्जेको व्याकरण, शब्दकोश तथा पाठ्यव्रmम तयार गर्ने । ३) थारु जातिको मौलिक भाषा पहिचान तथा थारु लीपिको खोजि गर्ने गराउने । र ४) समितिले तयार पारेको साझा थारु व्याकरण, शब्दकोश र पाठ्यव्रmम कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गराउने रहेको छ ।

थाकसका अध्यक्ष धनीराम चौधरीले ढिलै भएपनि थारु सम्पर्क भाषा बनाउने कामको शुरुवात भएकोमा खुशी व्यक्त गर्नुभयो । थाकसले धेरै पहिलेदेखि थारु मानक भाषा बनाउने तयारी गर्दै आएपनि अहिले आएर कामको शुरुवात भएको उहाँले प्रष्ट पार्नुभयो । पूर्वदेखि पश्चिमसम्म सम्पर्क भाषा थारु नहुँदा पाठ्यक्रम निर्माण गर्नेदेखि अन्य सरकारी कामकाजका लागि समेत समस्या पर्दैआएको उहाँको बुझाई छ ।

मस्यौदा समितिले मानक भाषा तयार गरेमा आउने पीढीका लागि पनि पठन पाठन, बोलीचाली तथा लेखनमा सहज हुने उहाँले बताउनुभयो । संस्थागतरुपमा थारु मानक भाषा बनाउने अभियान शुरु भएपछि सरकारसँग सहकार्य गरी अगाडि बढ्न सहज हुने मस्यौदा मूल समितिका संयोजक कुछतनारायण चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया