ट्रकले मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार दुई थारुको ज्यान गयो

स्थानीयद्वारा यातायात अवरुद्ध


चाँदनीआचार्य
लम्की (कैलाली) फागुन ५ गते । कैलालीमा बुधबार ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ अस्थायी नम्बर मोटरसाईकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी लम्कीचुहा नगरपालिका ४ का २४ बर्षीय दिनेश चौधरी र जानकीगाउँपालिका १ का १८ बर्षीया सन्ध्या चौधरीको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिनुभयो ।

लम्की चुहानगरपालिलका १० चुहामा भएको दुर्घटनामा मोटरसाईकल चालक दिनेश चौधरीको घटना स्थलमै मृत्युभएको थियो भने मोटरसाईकलमा पछाडि सबार सख्त घाईते सन्ध्या चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन् भने ठक्कर दिने ट्रकमाथि तोडफोड भएको छ । चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको जनाउदै अबरुद्ध बाटो खुलाउन आवश्यक पहल भैरहेको समेत प्रबक्ता विष्टले जनाउनुभयो ।

गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया