हमार पहुरा डट कम
काठमाडौं, फागुन २७ गते । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) केन्द्रीय सदस्यमा रेडियो गुर्वावा वर्दियाकी पुष्पा चौधरी र जिवछ चौधरी (लहान) निर्वाचित हुनुभएको छ । विहिबार काठमाडौंमा सम्पन्न सातौं अधिवेशनबाट चौधरीद्वय सो पदमा निर्वाचित हुनुभएको हो ।
पुष्पा चौधरी जनजाति कोटामा केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो भने जीवछ चौधरी खुलाबाट केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो । अधिशनबाट तुलसीपुर एफ.एम. दाङका पत्रकार अर्जुन गिरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । कुल १७८ मत मध्ये १६१ मत ल्याएर गिरी निर्वाचित हुनुभयो । उहाँको प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत मात्र प्राप्त गर्नुभयो । अध्यक्ष गिरी प्रेस युनियन निकट पत्रकार हुनुहुन्छ ।
यसैगरी अधिवेशनबाट वरष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, उपाध्यक्षमा निमेष कर्ण, मिलन गाहा, बन्दना दनुवार, भुवन सिंह चयन हुनुभएको छ । त्यस्तै महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन हुनुभएको छ । अध्यक्षबाहेक सबै पदमा सर्वसम्मत भएको हो । नयाँ कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ ।