माइतीघर मण्डलामा थारु कल्याणकारिणी सभाको एक घण्टे रिले धर्ना शुरु


हमार पहुरा डट कम
काठमाडौं, चैत ८ गते । थरुहट आन्दोलनका क्रममा थारु माथि लगाइएको झुठा मुद्दाको खारेजी तथा राजबन्दी रिहाईको माग गर्दै थारु कल्याणकारिणी सभा (थाकस) को नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज आइतबारदेखि रिले धर्ना कार्यक्रम शुरु गरेको छ ।

टीकापुर घटनापछि झुठा मुद्दा लगाई जेल जिवन विताई रहेकाहरुको विना शर्त रिहाई र मुद्दा खारेजीको माग गर्दै थाकसले धर्ना कार्यक्रम शुरु गरेको हो । नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद थारुकाअनुसार हरेक दिन दिउँसो १ बजेदेखि माइतीघर मण्डलामा एक घण्टे धर्ना कार्यक्रम शुरु गरिएको हो ।

मुलुकको ठूलठूला घटनालाई राजनीतिक मुद्दा बनाइएको भएपनि टीकापुर घटनालाई अपराधी घटना बनाइनु थारुमाथि विभेद गरिएको टिप्पणी गर्दै थारु अगुवाहरुले घटनालाई राजनीतिक मुद्दा बनाई समस्या समाधान गर्न माग गरेका छन् ।

आजको धर्ना कार्यक्रममा थाकसका कार्यबाहक अध्यक्ष कन्नुलाल चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी, नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरी लगायतले धारणा राख्दै राजबन्दीको रिहाई र झुठा मुद्दा खारेजीको माग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया