थारु भाषा साहित्य केन्द्रले मनायो प्रथम वार्षिकोत्सव, दुई पत्रिका लोकार्पित


हमार पहुरा डट कम
काठमाडौं, चैत २१ गते । थारु भाषा साहित्य केन्द्र, नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा भएको कार्यक्रमको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो ।

केन्द्रका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नेपाल सरकारका पूर्व सचिव नाथुराम चौधरी, थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरी, मोटेश्वर समाज सुधार समितिका अध्यक्ष मोहन केसी, पत्रकार लक्की चौधरी, बुद्धसेन चौधरी, निलम चौधरी लगायतले केन्द्रको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा केन्द्रका महासचिव सियाराम चौधरीले वार्षिक प्रतिवेदन पेश गर्नुभयो । त्यस्तै प्रमुख अतिथि आयोगका अध्यक्ष चौधरीले केन्द्रद्वारा प्रकाशित बसघरा त्रैमासिक तथा धुमरा नाच थारु गीति महाकाव्यको लोकार्पण गर्नुभयो । कार्यक्रममा थारु गीत तथा साहित्यिक रचना प्रस्तुत गरिएका थिए ।

तपाईको प्रतिक्रिया