फोनिज सप्तरीद्वारा दुष्यन्त चौधरीसहित तीन फोनिजकर्मी सम्मानित


हमार पहुरा डट कम
कलैया (बारा), वैशाख १ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सप्तरी शाखाले बाराका फोनिज अध्यक्ष दुष्यन्त चौधरीसहित तीन जनालाई सम्मानित गरेको छ । फोनिज सप्तरी शाखाकी अध्यक्ष प्रिया सिंह थारु (पावर्ती सिंह) ले कलैयामा एक कार्यक्रमको आयोजना गरी हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका फोनिजकर्मीहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्नुभएको हो ।

कार्यक्रममा फोनिज सप्तरी शाखाकी अध्यक्ष थारुकोअनुसार कार्यक्रम फोनिज प्रदेश नम्बर २ कार्यसमितिले गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघमा नव निर्वाचित फोनिजकर्मीहरुलाई सम्मानीत गर्न पाउँदा आफैलाई गर्व महसुस भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका निवर्तमान अध्यक्ष कमलकुमार उपाध्याय, जितेन्द्र खड्का लगायतको उपस्थिति थियो । कार्यक्रम संचालन थारु पत्रकार संघ नेपालकी केन्द्रीय सदस्य रेनुुकुमारी चौधरीले गर्नुभएको थियो ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाराका अध्यक्ष दुष्यन्त चौधरी नेपाल पत्रकार महासंघ बारा शाखाको समावेशी सहसचिवमा निर्वाचित हुनुभएको छ । त्यस्तै थारु पत्रकार संघ नेपाल बाराका अध्यक्ष जियालाल चौधरी महासंघ बाराको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो । त्यसैगरी शेखर चौधरी प्रदेश परिषद सदस्यमा निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया