मोर्चाले कार्यदलमा तीनजना नेताको नाम पठायो


2

काठामडौं, पुस २१ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको ११ बुँदे मागमा सहमति खोज्न गठित सरकारी कार्यदलका लागि मोर्चाले तीन जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस गरिएको नाममा तराई मधेस लोकतान्त्रिक पार्टीबाट सहअध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामेश्वर राय यादव र संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम सिफारिस भएको नेता मनिस सुमनले जानकारी दिनुभयो ।
संयुक्त मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले भने कार्यदलमा सहभागीता नजनाउने बताएको छ । सो दलले मोर्चाभन्दा फरक आन्दोलनको घोषणा गरिसकेको छ ।

सरकारले यसअघि आइतबार नै कार्यदलका लागि कांग्रेसबाट महेश आचार्य, एमालेबाट भीम रावल र एमाओवादीबाट कृष्णबहादुर महराको नाम कार्यदलका लागि निर्णय गरिसकेको छ ।

3

तपाईको प्रतिक्रिया