गौरीशंकर चौधरी पुनः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री


हमार पहुरा डट कम
काठमाडौं, वैशाख ३१ गते । नेकपा (एमाले) का नेता गौरीशंकर चौधरी पुनः पुरानै मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ । उहाँलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । कोभिड १९ संक्रमणका कारण उहाँले आज पद तथा गोपनीयताको शपथ लिन तथा पदबहाली भने गर्न पाउनु भएन ।

नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गर्नुभएपछि उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार स्वरुप मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । उहाँलाई माओवादी केन्द्रले कारवाही गरेकाले सांसद पद गुमाउनुभएको छ । तर संविधानको व्यवस्थाअनुसार विना सांसद पनि ६ महिना मन्त्री हुन पाउने व्यवस्था अनुसार उहाँ चौधरी लगायत माओवादीका नेताहरु मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । फेरि पुरानै मन्त्रीहरु साविक जिम्मेवारीमै आउनुभएको छ ।

मन्त्री चौधरीलाई कोभिड संक्रमण भएपछि चार पाँच दिनदेखि मन्त्री क्वार्टरमा आइसोलेशनमा बस्नुभएको छ । उहाँसँगै परिवारका सदस्यहरुलाई पनि संक्रमण पुष्टि भएको छ । कोभिडलाई पराजित गरी पुनः जिम्मेवारीमा फर्किने उहाँले हमार पहुरा डट कमलाई जानकारी गराउनुभयो । मन्त्री चौधरी यसअघि कृषि मन्त्रीको जिम्म्मेवारी पनि सम्हालिसक्नुभएको छ ।

थारु समुदायबाट एक्लै ओली नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारीमा रहनुभएका चौधरी यो जिम्मेवारीसँगै तीन पटक मन्त्री हुनुभएको हो । मन्त्री चौधरीलाई स्वास्थ्यलाभको कामनासहित हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया