नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक


हमार पहुरा डट कम
काठमाडौं, जेठ १ गते । नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । गच्छदारकी पत्नी निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा आज शनिबार विहान निधन भएको हो ।

गत बैशाख १५ गते कोरोना पोजेटिभ देखिएपछि गच्छदारलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँलाई लामो समयदेखि फोक्सोको विरामी रहेको परिवारका सदस्यहरुको भनाई छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका काँग्रेस नेताहरूले गच्छदारको निधनमा गहिरो दुःख व्यक्त गर्नुहुँदै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । परिवारजन तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया