थारु पत्रकार संघका पूर्व केन्द्रीय सदस्य चौधरीको कोभिडका कारण निधन


कमल चौधरी
रुपन्देही, जेठ ५ गते । थारु पत्रकार संघ, नेपालका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देही शाखाका पूर्व जिल्ला अध्यक्ष पत्रकार हिक्मत चौधरीको आज विहान कोरोना संक्रमणका कारण निधन भएका छ । चौधरीको उपचारकै क्रममा बुधबार विहान ३ः१५ बजे निधन भएको हो ।

गत वैशाख २४ गते कोभिड संक्रमण भएपछि चौधरी लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहनुभएको थियो । लामो समयदेखि पत्रकारितामा आवद्ध चौधरी (६१) रेडियो लुम्बिनीमा कार्यरत हुनुहुन्थ्यो ।

तिलोत्तमा नगरपालिका मणिग्रामका स्थायी बासिन्दा चौधरी पत्रकारितामा एक अब्बल पहिचान बनाउन सफल हुनुभएको थियो । उहाँका दुई छोरा र चार छोरी छन् । मृतक चौधरीप्रति पत्रकार तथा पत्रकार आवद्ध संघ संस्थाले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया