यूवासंघको कारण एमालेको साख जोगिएको छः प्रधानमन्त्री ओली


Youba

काठमाण्डौ, पुस २१ गते । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले युवा सँघकै कारण एमालेको साख जोगिएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार युवा संघ नेपालका पदाधिकारीहरुले बिभिन्न बिषयमा तयार गरेको प्रतिवेदन बुझदै ओलीले युवा सँघलाई एमालेको ‘जीँउदो संगठन’को संज्ञा दिनुभएको छ । सँघका अध्यक्ष राजीव पहारीले कात्तिकमा संगठनको पुनरगठनपछि भएका सँगठनिक प्रगति ओलीलाई बुझाउनु भयो ।

अध्यक्ष पहारीले मंसिर २९ गते देखि सुरुभएर पुस ११ गते सकिएको युवा सँघ नेपालको जागरण अभियानको बारेमा पनि जानकारी गराउनुभएको छ । सो अभियानमा प्राप्त सुझावका आधारमा सँघले सरकारलाई बिभिन्न सिफारिस समेत गरेको छ ।

सँघको प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल सरकारका केही कर्मचारीहरु मधेसी मोर्चाको आन्दोलनमा जाने तर कार्यलय नजाने गरेको, राजश्व कार्यलयहरु जस्तै भन्सार, नापी, मालपोत पूर्णरुपमा बन्दभएको, मोर्चा बाहेकका राजनीतिक पार्टीको सक्रियता शुन्यप्राय रहेको र तत्काल एमालेले पार्टी कमिटीसहित सबै जनवर्गीय कमिटीहरु परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी प्रतिवेदनमा तस्करी र कालोबजारी नियन्त्रण गर्न राज्यका अङ्गहरुलाई सक्रियरुपमा परिचालन गर्नुपर्ने उल्लेख छ । जारी संबिधानका बिषयमा मधेसमा भएका मिडियाहरु माफर्त ब्यापक प्रचारप्रसार गर्न पनि सरकारलाई सुझाब दिइएको छ । मधेसका बिषयमा अभिब्यक्ति दिंदा नेताहरुले शब्द चयनमा ध्यान दिनुपर्ने र मधेसका जायज मागका बारेमा संबिधान संसोधन माफर्त सम्बोधन गर्नुपर्ने उल्लेख छ । युवा सँघले तराइ मधेसलाई आधार मानेर बिशेष आर्थिक कार्यक्रम सञ्चालन गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

प्रतिवेदन बझ्दै प्रधानमन्त्री ओलीले युवा सँघका माग र सुझावप्रति आफु सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा युवा सँघ नेपालका इन्चार्ज एवं सुचना तथा सञ्चार मन्त्री शेरधन राई र सहइन्चार्ज निरु पालको पनि उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया