तेह्र दिन सरकारमा रहेर विदा हुनुभयो राना समुदायको पहिलो क्याविनेट मन्त्री


हमार पहुरा डट कम
काठमाडौं, असार ८ गते । राना समुदायबाट पहिलो पटक क्याविनेट फूल मन्त्रीको जिम्मेवारीमा रहनुभएका नारदमुनी राना १३ दिन मन्त्रीको जिम्मेवारीमा रहेर पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २७ गते गर्नुभएको मन्त्रिपरिषद विस्तारमा राना वन तथा वातावरण मन्त्रीको शपथ लिनुभएको थियो ।

सर्बोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रतिनिधिसभा नभएकाबेला गरिएको मन्त्रिपरिषद विस्तार असंवैधानिक भएकोभन्दै पछि थपिएका नेता रानासहित २० जना मन्त्रीहरुलाई पदमुक्तको मंगलबार अन्तरिम आदेश गरेको हो । सर्वोच्चको आदेशबाट मन्त्री रानासहित १७ मन्त्री र ३ राज्यमन्त्री पदमुक्त हुनुभएको छ ।

सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित अब पाँच मन्त्रीमात्र सरकारमा बहाल रहेका छन् । बहाल मन्त्रीहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ रहनुभएको छ ।

कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेका राना समुदायबाट पहिलो पटक क्याविनेट मन्त्रीको जिम्मेवारीमा रहनुभई कैलाली क्षेत्र नं ५ का पूर्व सांसद रानाले १३ दिन सरकारमा रहेर भएपनि आफ्नो समुदायबाट फूल मन्त्री हुनेमा इतिहास रच्न भने सफल हुनुभएको छ । मन्त्रालयको व्रिफिङ समेत पूर्णरुपमा लिन नपाई विदा हुनुपर्दा मन्त्रीहरु खिन्न भएका छन् । यद्यपि सर्वोच्च अदालतको आदेश मान्नुको विकल्प नरहेको पदमुक्त मन्त्रीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया