युनिक स्पोर्टस क्लव वर्दियाद्वारा शिक्षक नरेश र युवा नेता सीताराम सम्मानित


हमार पहुरा डट कम
राजापुर, (वर्दिया), साउन २ गते । वर्दियाको जोतपुर गाउँको नाम तथा इज्जत राख्न सफल दुई जना नेतृत्वकर्तालाई युनिक स्पोर्ट्स् क्लब, बर्दियाले सम्मानित गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा उहाँहरुलाई बधाई तथा सम्मान गरिएको हो ।

सम्मानित हुनेमा शिक्षक नरेश चौधरी र युवा नेता सिताराम थारु हुनुहुन्छ । शिक्षक नरेश हालै नेपाल सरकार सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्ज, बाँके अन्तर्गत उत्कृष्ट शिक्षकको उपाधि पाउनुभएको थियो । उहाँले सो बापत २ लाख ५० हजार रुपियाँ विद्यालयको तर्फबाट र १० हजार उत्कृष्ट शिक्षकको पुरस्कार प्राप्त गर्नुभएको थियो । शिक्षक नरेश युवक माध्यमिक विद्यालय, जोगीगाउँका प्रधानाध्यापक हुनृुहुन्छ ।

युवा सिताराम थारुले हालै नेपाली काँग्रेसको भातृ संगठन लुम्बिनी प्रदेश तरुण बिभागको सदस्यमा मनोनित हुनुभएको थियो । युवा नेता थारु बर्दियाली थारु विकास मञ्च, काठमाडौंका केन्द्रिय अध्यक्ष, थरुहट थारुवान युवा शक्तिका केन्द्रिय संयोजक र थारु विद्यार्थी समाज, प्रदेश नं. ५ का केन्द्रिय कोषाध्यक्ष पनि हुनुहुन्छ ।

शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रमका पूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री एवं युनिक नेपालका संरक्षक डा. गोपाल दहितले दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । डा. दहितले युवाहरुले आफ्नो गाउँठाउँको परिवर्तनका लागि जुर्मुराउनुपर्ने बताउनुभयो ।

कार्यक्रम युनिक स्पोटर््स् क्लबका अध्यक्ष रामस्वरुप थारुको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष थारुले जोतपुर गाउँको परिवर्तन र विकासमा लागेका हरेक व्यक्तिलाई यसरी नै सम्मान र बधाई कार्यक्रम गरिने प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया