आठ पत्रकारलाई फोनिज सम्मान प्रदान गरिने, पहुरा दैनिक पनि सम्मानित हुने


हमार पहुरा डट कम
काठमाडौं, साउन २३ गते । आदिबासी जनजाति पत्रकारको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आठ जना पत्रकारलाई फोनिज अवार्डबाट सम्मानित गर्ने भएको छ । त्यस्तै, कैलालीको धनगढीबाट प्रकाशित हुने थारु भाषाको पत्रिका पहुरा दैनिक पनि पुरस्कृत हुने भएको छ ।

फोनिजको २२ औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा यही साउन २७ गते पत्रकारहरुलाई तथा पत्रिकालाई पुरस्कार प्रदान गर्ने निर्णय फोनिज केन्द्रले गरेको हो ।

फोनिजका केन्द्रीय सल्लाहकार अनिता गुरुङको संयोजकत्वमा गठित तीन सदस्यीय पुरस्कार छनौट समितिको सिफारिसमा फोनिज केन्द्रले पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।

पुरस्कृत पत्रकारहरुमा कुमार यात्रु, राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन, मौसम रोकामगर, रचना श्रेष्ठ, इन्द्रजित मुखिया र भवानी बराल रहनुभएको छ ।

त्यसैगरी, यसै वर्षबाट स्थापित फोनिज मातृभाषा पत्रकारिता सम्मानबाट कैलालीको धनगढीबाट प्रकाशित हुने थारु भाषाको पत्रिका पहुरा दैनिक र लिम्बु भाषाको मासिक पत्रिका तान्छोपा लाई संयुक्त रुपमा सम्मान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया