थारु विद्यार्थी समाज (थाविस) कैलालीद्वारा पाँच व्यक्तित्व सम्मानित


हमार पहुरा डट कम
टीकापृुर, भदौ १८ गते । थारु विद्यार्थी समाज (थाविस) कैलाली शाखाले पाँच जना थारु अगुवालाई सम्मानित गरेको छ । समाजको २६ औं स्थापना दिवसको अवसर पारेर विहिबार समाजले सम्मान कार्यक्रम आयोजना गरेको शाखाले जनाएको छ ।

थाविस कैलाली शाखाका अध्यक्ष आशीष चौधरीकाअनुसार समाजसेवी बुन्दीलाल चौधरी, थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय सदस्य प्रभातकुमार चौधरी, समाजसेवी चन्द्रसिंह चौधरी, निम चौधरी र राजनीतिकर्मी माधव चौधरीलाई सम्मानित गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई थाकस कैलालीका सभापति लाहुराम चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकुर करिया प्रधानले सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

सम्मान ग्रहण कार्यक्रममा बुन्दीलाल चौधरी र माधव चौधरीको सहभागिता रहेको थियो । बाँकी तीन जना काम विशेषले उपस्थित हुन नसक्नुभएको जिल्ला अध्यक्ष चौधरीले जानकारी दिनुभयो । लामो समयदेखि समाजसेवामा समर्पित बुन्दीलाल चौधरी थारु अगुवाको रुपमा परिचित हुनुहुन्छ । त्यसैगरी सम्मानित अन्य व्यक्तित्वहरुको पनि समाजका लागि आफ्नो ठाउँमा योगदान रहँदैआएको छ ।

कार्यक्रममा १० जनाले ११ पोइन्ट रक्तदान गर्नुभएको पनि अध्यक्ष चौधरीले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा थारु अगुवा तथा जिल्लाभरका थारु विद्यार्थीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया