जितिया संस्कृति झल्किने हे जीतमहान बोलको भिडियो गीत सार्वजनिक


हमार पहुरा डट कम
बराहक्षेत्र, असोज ३ गते । संचारकर्मी नवीन चौधरीको शब्दमा रहेकोे थारु जितिया पर्वलाई समावेश गरिएको म्युजिक भिडियोको गित हे जित माहान सार्वजनिक भएको छ । गीतमा थारु चर्चित गायिका अनुमा चौधरी रहनुभएको छ । गीतमा सुनिल चौधरीको संगित छ भने स्वर समेत चौधरीले दिनुभएको छ ।

गीतमा मुख्य भुमिका मोडल सविता चौधरीको रहेको छ भने त्यसमा गोविन चौधरीले साथ दिनुभएको छ । झण्डै तीन दर्जन थारु चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएकी कलाकार तथा थारु चलचित्र तथा संस्कृति संघ सुनसरीका अध्यक्ष जानकी चौधरीको भिडियोमा विषेश भुमिका रहेको छ ।

जानकीलाई पन्नालाल चौधरी, राम्री चौधरी, प्रदीप जस्मैत लगायत कलाकारहरुले साथ दिनुभएको छ । गीतमा रविन चौधरीले छायांकन गर्नुभएको छ भने भिडियोलाई कोशी भिजनका हेमन तामांग सम्पादन गर्नुभएको छ । म्युजिक भिडियोलाई जनक चौधरीले निर्देसन गर्नुभएको छ ।

थारु संस्कार जगेर्ना गर्ने उद्देश्यले यो भिडियो निर्माण गरिएको निर्माणकर्ताले जनाएको छ । गीतमा नृत्यभन्दा पनि पर्व कसरी मनाइन्छ भनेर देखाउन खोजिएको छ । संघले पहिचान बोकेको गीतमा लगानी गर्दैआएको थारु चलचित्र तथा सास्कृति संघ सुनसरीका महासचिव प्रदीप जस्मैतको भनाइ छ ।

तपाईको प्रतिक्रिया