दिगो शान्तिका लागि विश्व शान्ति शिखर सम्मेलन सम्पन्न


हमार पहुरा डट कम
काठमाडौं, असोज १३ गते । विश्व शान्तिकालागि काम गर्दैआएको संस्था हेवेनली कल्चर वल्र्डपिस रेस्टोरेसन अफ लाईट (एचडब्ल्युपीएल) को सातौं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रयासहरुको विकास र कोभिड–अघिको युगबाट कोभिड संगैको युगमा विस्थापित भएको ’नयाँ अनुक्रम’ युगमा शान्तिको कार्यसूची प्रवर्द्धन गर्नेगरी कार्यक्रम सम्पन्न भएको हो ।

हेवेनली कल्चर वल्र्डपिस रेस्टोरेसन अफ लाईट (एचडब्ल्युपीएल) ले, २०१४ को विश्व शान्ति शिखर सम्मेलनदेखि, शान्तिपूर्ण सहअस्तित्वको वातावरण सिर्जना गर्न योगदान दिदैआएको छ । संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको समर्थनमा नागरिक केन्द्रित शान्ति निर्माण गतिविधिहरु, “शान्तिको संस्कृति“ स्थापित गर्न संस्था लागिपरेको छ ।

कार्यक्रमले अन्तर्राष्ट्रिय कानून, धर्म, शिक्षा, र मिडियाजस्ता विभिन्न क्षेत्रहरुका मुद्दाहरुलाई लिएर दिगो शान्तिका लागि संयुक्त कार्य प्रस्तुत गरेको छ । विश्वमा व्यप्त वर्तमान संकटबाट पार पाउन मानवजातिको सहअस्तित्व र सद्भावलाई खतरामा पर्न दिन नहुने वक्ताहरुले बताउनुभएको छ । यस कोभिड महामारीलाई पनि सबैको हातेमालो र सहयोगबाट परास्त गर्न सकिने धारणा राखिएको छ ।

एचडब्ल्युपीएलको नेतृत्वमा शान्तिका लागि कानूनी आधार र अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्न शान्तिको घोषणा र युद्धको अन्त्य गर्न शान्तिका लागि अन्तर्राष्ट्रिय कानूनको समर्थनमा जोड दिएको छ । डा. मिजानुर रहमान, एसिया कानूनी प्राध्यापकहरुको संघ (एएलपी) का प्रमुख सल्लाहकार साथै राष्ट्रिय मानव अधिकार आयोग, बंगलादेश (एनएचआरसी– बिदि) का पूर्व अध्यक्ष, शिक्षाशास्त्रद्वारा शान्ति निर्माणमा सार्वजनिक बहसलाई प्रोत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।

बलको प्रयोगमा निषेध, धार्मिक स्वतन्त्रतालाई बढावा र नागरिक सहभागिताका लागि प्रयास, वैश्विक समाजको सबै सदस्यहरुबाट, राष्ट्र–राज्यहरु मात्र होइन, अन्तर्राष्ट्रिय संगठनहरु र सबै नागरिकहरुलाई शान्ति निर्माणको मुख्य अभियन्ताको रूपमा पहिचान गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

“हामी जान्दछौं कि यदि हामी सबै शान्तिका लागि काम गर्दैनौं भने शान्ति प्राप्त गर्न कठिन हुनेछ । यसैले हामीले बालबालिका, युवाहरु र वयस्कहरुलाई मौखिक दुव्र्यवहार रोक्न र असमानता कम गर्न, असमानताहरुलाई उन्मूलन गर्न प्रोत्साहित गर्नुपर्छ” इक्वेडोर पूर्व राष्ट्रपति डा. रोसेलिया आरतेएगा सेरानोले भन्नुभयो ।

“हाम्रो उद्देश्य वैश्विक गाउँमा युद्धहरुको अन्त्य र शान्ति स्थापना र भावी पुस्ताको लागि एक स्थायी विरासत बनाउनु हो । शान्तिबिना, हामीले निर्माण गर्न सफल सबै थोक नष्ट हुनेछ“ एचडब्ल्युपीएलका अध्यक्ष मैन ही लीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया