देउवा नेतृत्वको सरकारले पायो पूर्णता, थारुबाट उमाकान्त चौधरी एक्लो मन्त्री


हमार पहुरा डट कम
काठमाडौं, असोज २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले ८९ दिनमा पूर्णता पाएको हो । देउवा नेतृत्व सरकारमा एकजना थारु मन्त्री पर्नुभएको छ ।

आज सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदलाई पूर्णता दिनुभएको हो । यसअघि नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीको नाम चर्चामा रहेपनि अन्तिम समयमा उहाँको नाम काटिएपछि नेपाली काँग्रेसका नेता तथा बारा निवासी उमाकान्त चौधरी खानेपानी मन्त्री बन्नुभएको छ । यो प्रतिशतमा ४ हो ।

थारु समुदायको जनसंख्याको आधारमा समानुपातिक सिद्धान्तअनुसार हिसाव गर्दा ६ प्रतिशत हुने भएपनि देउवा नेतृत्वको सरकारमा ४ प्रतिशत थारुको प्रतिनिधित्व भएकोछ ।

हेर्नुहोस् मन्त्रीपरिषदको सूची

 

तपाईको प्रतिक्रिया