लुम्बिनी ६ को एमाले वडासचिवमा १९ वर्षिया झरना चौधरी सर्वसम्मत


हमार पहुरा डट कम
रुपन्देही, कात्तिक ७ गते । नेकपा (एमाले) को देशव्यापी भएको वडा अधिवेशनबाट अधिकांश युवाहरु नेतृत्वमा आएका छन् । यही क्रममा हिजो शनिबार भएको अधिवेशनमा रुपन्देहीको लुम्बिनीमा १९ वर्षिया झरना चौधरी वडा सचिवमा निर्वाचित हुनुभएको छ ।

एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती चौधरी वडा सचिव बन्न सफल हुनुभएको एमाले रुपन्देहीले जनाएको छ । एमालेकाअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन हुनुभयो ।

एमालेले ६ हजार ७४३ वडा मध्ये करिब ६ हजार वडामा शनिबार अधिवेशन सम्पन्न गरेको छ । निर्वाचितहरुको लगत संकलनको काम जारी रहेको एमाले केन्द्रले जनाएको छ । बाढी पहिरोका कारण समस्यामा रहेका जिल्लाका वडाहरुको अधिवेशन भने एक सातापछि गर्ने तयारी एमालेले गरेको छ । त्यस्तै, कात्तिक ९ गते मंगलबार एमालेले पालिकास्तरमा अधिवेशन गर्ने निर्णय गरिसकेको छ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेको भनाई छ ।

तपाईको प्रतिक्रिया