काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद

थारु माघी महोत्सव यसवर्ष दुई स्थानमा हुने


tharu-maghi

काठमाडौं, पुस २३ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष मनाउने माघी महोत्सवमा यसवर्ष विवाद देखिएको  छ । विवादले माघी महोत्सव दुई स्थानमा हुने आयोजकले बताएका छन् ।

माघ १ गते काठमाडौंको खुलामञ्च र दशरथ रंगशालामा महोत्सवको तयारी गरिएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्दैआएको महोत्सव यसवर्ष रंगशालामा हुने भएको छ भने थारु विद्यार्थी समाजलगायत आयोजक रहेको महोत्सव खुलामञ्चमा हुने सो समूहले जानकारी गराएको छ ।

यसअघि २०५९ सालदेखि काठमाडौंको टुँडीखेलमा माघी महोत्सव हुँदैआएको थियो । यस वर्ष मगर समुदायले टुँडीखेल बुकिङ् गरेपछि थारु समुदायको महोत्सव अन्य ठाउँमा सरेको आयोजकले बताएको छ ।

रंगशालामा हुने महोत्सवकालागि प्रधानमन्त्री केपी शर्मा ओली या राष्ट्रपति विद्या भण्डारीलाई प्रमुख अतिथि ल्याउने प्रयास भइरहेको भएपनि अहिलेसम्म निश्चित भइनसकेको महोत्सव मूल आयोजक समितिका संयोजक सुमन चौधरीले जानकारी दिनुभयो ।

सम्भवतः शुक्रबारसम्म प्रमुख अतिथिको टुंगोलाग्ने चौधरीले बताउनुभयो । त्यस्तै, खुलामञ्चमा हुने महोत्सवमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई वा अभिनेता राजेश हमाललाई प्रमुख अतिथिको प्रयास भइरहेको मूल आयोजक समितिका संयोजक चन्द्रप्रसाद चौधरीले बताउनुभयो । दुबै महोत्सवलाई थारु माघी महोत्सव २०७२ नाम दिइएको छ ।

थारु समुदायबीच प्रमुख अतिथि ल्याउने तथा आर्थिक पारदर्शीतामा विवाद कायम भएपछि छुट्टाछुट्टै ठाउँमा हुनेभएको हो । मन्त्रिपरिषदको बैठकले यसपल्ट ६ लाख रुपिया महोत्सवको लागि सहयोग गर्ने निर्णय गरिसकेको छ । तर दुई स्थानमा महोत्सव हुने भएपछि सो स्रोतमा पनि दुवै पक्षको दावी रहने देखिएको छ । त्यसो हुँदा विवाद अझै बढ्ने थारु अगुवाहरुको बुझाई छ ।

आयोजकबीच नै विवाद कायम भएपछि महिना दिनदेखि विवाद सुल्झाउन प्रयास गरिएको भएपनि दुवैपक्ष आआफ्नै अडानमा अडिग भएपछि समस्या सल्टिएन । दुई स्थानमा महोत्सव हुनेभएपछि यसपालीको महोत्सवको रौनकता कम हुने आँकलन गरिएको छ ।

रंगशालामा हुने महोत्सवका लागि प्रवेश शुल्क ३० रुपिया कायम गर्ने तयारी आयोजकले ेगरेको छ । तर खुलामञ्चमा हुने महोत्सवमा निःशुल्क प्रवेश हुने आयोजकले बताएको छ । पत्रकारका लागि भने परिचयपत्रको आधारमा महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकको भनाई छ । दुवै आयोजकले आआफ्नो प्रचार प्रसारमा लागेका छन् ।

yf? ;d'bfo4f/f cfh sf7df8f}+df cfof]hLt df3L kj{ dgfpg 6'8Lv]n tkm{ hfb} u/]sf] yf? o'jtLx?sf] Ps emfsL ¥ofnL . tl:j/ k|bLk/fh jGt /f;;

महोत्सवमा थारु समुदायको विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत, मघौटा, झुम्रा, दिननचुवा, सखिया, मुंग्रहुवा, छोक्रा लगायतको नृत्यहरु प्रदर्शन हुने आयोजकले बताएको छ । त्यस्तै, विशेष परिकारमा ढिक्री, गंगटा, मुसाको चटनी, सिन्की, घोङ्घी, सिपी, अनडीको भात, माछा मासु, जाँड, फुलौरी, झझरा लगायतको थारु परिकार उपलब्ध हुने आयोजकले बताएको छ ।

SAM_1562

तपाईको प्रतिक्रिया